भाटभटेनीले सञ्चालनमा ल्यायो नेपालकै पहिलो ‘बहुतले पार्किङ’

भाटभटेनीले सञ्चालनमा ल्यायो नेपालकै पहिलो ‘बहुतले पार्किङ’

भाटभटेनी सुपरमार्केटमा नेपालकै पहिलो ‘स्मार्ट पार्किङ’ सञ्चालनमा आएको छ । भाटभटेनीको टंगालस्थित पूरानो आउटलेटमा नेपालकै पहिलो ११ तले बहुतले पार्किङ आइतबारदेखि सञ्चालनमा आएको हो ।

४ आना क्षेत्रफलमा बनेको ११ तले पार्किङमा ४४ वटा गाडी अटाउने बताईएको छ । चिनियाँ प्रविधिमा आधारित रहेर तयार पारिएको पार्किङ भारतीय प्राविधिकले निर्माण गरेका हुन् ।

उक्त बहुतले पार्किङमा सवारी ९कार० पार्किङ गर्दा पार्किङस्थलमा पुगेपछि एउटा कार्ड पाइन्छ । उक्त कार्ड स्क्यान गरेपछि कुन ठाउँमा खाली छ त्यही ठाउँमा लगेर आफैँ गाडी पार्किङ हुनेछ । पछि फेरि सो कार्ड स्क्यान गरेपछि गाडी तल झर्छ ।

हाइड्रोलिक प्रणालीबाट सञ्चालनमा आएको स्मार्ट पार्किङले पार्किङको समस्या केही हदसम्म समाधान गर्ने विश्वास भाटभटेनीको छ ।

[email-subscribers-form id="2"]
TOP