कर्कलोः खान जाने सुपर फुड, नजाने घुइँया

कर्कलोः खान जाने सुपर फुड, नजाने घुइँया

कर्कलो सहजै पाइने प्रमुख तरकारी हो । यो प्रायः नेपालका सबैजसो ठाउँमा पाइन्छ । यसको वैज्ञानिक नाम कोलोकेसिया एस्क्युलेन्टा हो । कर्कलो वनस्पति जगत्मा पर्ने फूल फुल्ने तरकारी हो । यसको गानोलाई अंग्रेजीमा ‘कोलोकासिया’ र पातलाई ‘तारो लिफ’ भनिन्छ । भारतमा अर्बी भनेर चिन्छन् । पिँडालु एक प्रकारको कन्दमूल हो । कर्कलो अथवा कच्छु पिँडालुजस्तो कन्दमूल हो, जुन स्वास्थ्यका हिसाबले निकै पोषिलो मानिन्छ । प्रशस्त मात्रामा सल्फर, एमोनिया, नाइट्राइट, जिंक आदि पाइने कर्कलो सेपिलो जग्गामा पनि खेती हुन्छ । नेपाल मात्र नभई विश्वका धेरै देशमा यो तरकारी किन्न पाइन्छ । क्याल्सियम अल्जालेट पर्याप्त पाइने यसमा म्याग्नेसियम, युरिक एसिड र केही प्रतिशत सिस्टिनसमेत पाइन्छ ।

पिंडालु

नेपालमा कर्कलोलाई एक निम्नस्तरको तरकारी मानिन्छ र त्यति खाने गरिँदैन । खेतबारीमा जताततै हुँदा पनि यसको महत्व नबुझ्दा त्यत्तिकै सुकेर गएको हुन्छ । पकाउन नजान्दा कोक्याउने भएकाले पनि मनिसले अपहेलना गरेको हुनुपर्छ । यसको महत्व बुझ्न सके र विभिन्न परिकार बनाउन जानेमा यसलाई एक डाइनामिक सुपर फुडको रूपमा लिन सकिन्छ । क्याल्सियम अक्सलेट तत्वका कारण यसमा केही मात्रा विषादी पदार्थ हुने हुँदा जोकोहीले खान नमानेको पनि हुन सक्छ । तर, ओइलाएमा आठदेखि १० घन्टा तातो पानीमा डुबाएर पकाउँदा यसमा भएको विष स्वतः मर्छ ।

भिटामिनले भरिपूर्ण कर्कलोको गानो र पातबाटै परिकार बन्छ । कर्कलो नियमित खानाले शरीरको तौल घटाउन, मुटुसम्बन्धी समस्या कम गर्न, डाइबिटिज हुनबाट बच्न, हाइपरटेन्सन कम गर्न मद्दत गर्छ । इम्युनिटी पावर ९रोगप्रतिरोधात्मक शक्ति० बढाउन, क्यान्सरबाट बच्न, स्वस्थ आँखाका लागि, खाना पचाउन, उच्च रक्तचाप सन्तुलन गर्न, नर्भसनेस हटाउन, भ्रूण बचाउन, हड्डी मजबुत बनाउन, छालाको सुरक्षा गर्न यो वनस्पति अति नै उपयोगी साबित हुन्छ । महिलाका लागि कर्कलो निकै लाभदायक मानिन्छ ।

कर्कलो पाँचतारे होटेलको मेनुमा पनि समावेश हुन्छ भन्दा अचम्म लाग्न सक्छ । यसको गानो हालेको मासको दाल निकै स्वादिलो र स्वास्थ्यवद्र्धक हुन्छ । विदेशीले पनि मासको दालमा पिँडालु हालेको चाख लिएर खान्छन् । यसले दाललाई चिप्लो मात्र बनाउँदैन, एक किसिमको छुट्टै स्वाद थपिदिन्छ । दाललाई नेपाली घ्यूमा जिम्बु झानेमा अति नै उत्तम हुन्छ । कर्कलोको पातमा मासको लेदो हालेर बेरी बाफ (स्टिम)मा बफ्याएर चिसो पारेर काटी तारेर तरकारी बनाउँदा निकै स्वादिष्ट हुन्छ । यो खाना काठमाडौंका नेवार समुदायमा निकै लोकप्रिय छ । कर्कलोको पातमै बेसनमा मसला मिसाएर बेरेर बफ्याई पकौडा बनाएमा राम्रो स्न्याक्स बन्छ । यो भारतमा निकै प्रसिद्ध डिस हो ।

कर्कलोको परिकारमा कागतीको रस (सिट्रस) हाल्नाले कोक्याउँदैन । नेवारी समाजमा कर्कलोको डाँठलाई केलाएर ओइल्याई मसला र कागती मोलेर सिसीमा खाँदी अचार बनाइन्छ । नेवारीमा यसलाई ‘सलचा’ भन्छन् । यो परिकार कीर्तिपुरका नेवारी समाजमा प्रसिद्ध छ । भोयस ९भोज०मा अचारको रूपमा र अइला (रक्सी)सँग सितनको रूपमा खाने गरिन्छ । विदेशतिर कर्कलोको विभिन्न सुप, सलादजस्ता स्वस्थ खाना तयार गरिन्छ । कर्कलोमा प्रशस्त आइरन पाइने हुनाले गर्भवती महिलाका लागि उत्तम मानिन्छ । काटेको ठाउँमा रगत रोक्न कर्कलोको डाँठको रस प्रयोग गरिन्छ । आयुर्वेदमा पनि यसको प्रयोग व्यापक गरेको पाइन्छ । छालामा रक्तसञ्चार नदेखिएमा इरिटेसनमार्फत रक्तनली खोली रातो पार्ने उपचार प्रयोजनका लागि कर्कलो उपयोगी मानिन्छ ।

कर्कलोको धार्मिक रूपमा पनि ठूलो महिमा छ । ऋषिपञ्चमीका दिन बिहान पूजाआजा गरेपछि कर्कलोको तरकारी र भात खाने प्रचलन छ । समय–समयमा कर्कलो खाने गर्नाले रक्तअल्पता हुनबाट जोगिन्छ ।

-यो जानकारी मूलक लेख नया पत्रिकाका लागी आरबी बुढाथोकीले लेख्नु भएको हो