बेलायतमा एकैदिन २९३ संक्रमितको मृत्यु

बेलायतमा एकैदिन २९३ संक्रमितको मृत्यु

बेलायतमा पछिल्लो एक सातामा कोरोनाका मृतक संख्या १५ प्रतिशतले बढेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार २४ घन्टामा थप २९३ जना संक्रमितको मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ४० हजार ९६४ पुगेको छ ।

दैनिक संक्रमितको संख्यामा भने केहि कमी आएको छ । लगातार ४० हजार माथि रहेको दैनिक संक्रमित संख्या ३३ हजार ८६५ मा झरेको छ । एक साताको तुलनामा संक्रमित संख्या १०.४ प्रतिशतले घटेको हो । यसैगरी अस्पताल भर्ना हुनेको संख्यामा वृद्धि भएको छ । योसँगै बेलायतमा कुल संक्रमितको संख्या ९१ लाख ३० हजार ८५७ पुगेको छ ।

पछिल्लो २४ घन्टामा कोरोनाका कारण एक हजार दुई जना अस्पताल भर्ना भएका थिए । हाल अस्पतालमा उपचार गराइराखेका संक्रमितको संख्या ९ हजार ५३८ पुगेको छ । यस्तै एक हजार ३० जना संक्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

[email-subscribers-form id="2"]
TOP