विलासी शेरधन राई, विराटनगर बसेर काठमाण्डौमा तिर्छन तीन लाख ५१ हजार मासिक घरभाडा

विलासी शेरधन राई, विराटनगर बसेर काठमाण्डौमा तिर्छन तीन लाख ५१ हजार मासिक घरभाडा

विराटनगर ।प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको आवास तथा सम्पर्क कार्यालय सञ्चालनको नाममा काठमाडौंमा मासिक साढे तीन लाख बढी शुल्क तिर्ने गरी घर भाडामा लिइएको खुल्न आएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सूचना अधिकारी क्षितिज भट्टराईका अनुसार काठमाडौं महाराजगञ्ज स्थित शर्मिला पाण्डेको घर भाडामा लिएर मुख्यमन्त्रीको सम्पर्क कार्यालय राखिएको छ । काठमाडौंको महाराजगञ्जमा मासिक तीन लाख ५१ हजार पाँच सय रुपैयाँ मासिकरुपमा तिर्ने गरी घरभाडा लिइएको हो।

करिब दुई वर्ष अघि स्थापना भएको कार्यालयको वार्षिक भाडा बापत प्रदेशको स्रोतबाट ४२ लाख १८ हजार रुपैयाँ खर्च भएकोछ । मुख्यमन्त्री राईको कार्यालय रुङ्नका लागि प्रदेश सरकारले एक जना कर्मचारी राखेको छ । मुख्यमन्त्री काठमाडौं जाँदा सहजताका लागि भन्दै एक जना हलुका सवारी चालक पनि राखिएको छ ।

काठमाडौंमा संघीय सरकारले मुख्यमन्त्रीहरुलाई आवासका लागि अपार्टमेन्टको व्यवस्था गरेको छ।तर नियमविपरीत आवास र कार्यालय प्रयोजनका लागि भन्दै महँगो घर भाडामा लिइएको हो ।

स्रोतका अनुसार, ‘मासिक साढे ३ लाख भाडा र दुई जना कर्मचारी छन्।’ सम्पर्क कार्यालयमा रहेको छैटौं स्तरको दरबन्दी भने खाली छ ।

विराटनगरमा मुख्यमन्त्री शेरधन राईको आफ्नो निवास पनि भाडामा छ ।

रकमान्तर गरीएको पत्र

भाडा मै जान्छ चार करोड भन्दा बढी
कार्यालयले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ११ महिनामा भाडा बापत चार करोड २१ लाख १२ हजार ३९३ रुपैयाँ खर्च भइसकेको छ । सोही अवधिमा जग्गा भाडा बापत दुई लाख २० हजार रुपैयाँ खर्च भएको छ । चालु आर्थिक वर्षका लागि घर बहाल तथा जग्गा भाडाका लागि सात करोड ६३ लाख नौ हजार बजेट छुट्याइएको कार्यालयको तथ्याङ्कमा उल्लेख छ ।

गत वर्ष घर तथा गोदाम भाडा बापत चार करोड ४१ लाख ३४ हजार ८० रुपैयाँ खर्च हुँदा जग्गा भाडा बापत एक लाख ९२ हजार खर्च भएको कार्यालयले जनाएको छ ।

गतवर्ष विवाह भएपछि यी मुख्यमन्त्री हेलीकप्टरमा नै शसुराली समेत गएका थिए ।

[email-subscribers-form id="2"]
TOP