सुमार्गीको हेलो नेपालको लाइसेन्स खारेज

सुमार्गीको हेलो नेपालको लाइसेन्स खारेज

व्यवसायी अजेयराज सुमार्गीको नेपाल स्याटेलाइट टेलिकम प्रालि (हेलो नेपाल) को लाइसेन्स खारेज भएको छ। प्राधिकरणले कम्पनीले हेलो नेपालको लाइसेन्स खारेज गरेको हो ।

बक्यौता नतिरेको भन्दै कम्पनीको अनुमति खारेज गरिएको प्राधिकरणले जनाएको छ । शुक्रबार बसेको प्राधिकरणको बोर्ड बैठकले हेलो नेपालको लाइसेन्स खारेज गर्ने निर्णय गरेको प्राधिकरणका निर्देशक सन्तोष पौडेलले बताए । प्राधिकरणको बोर्ड बैठकमा यस विषयमा छलफल भएपछि बक्यौता नतिरको र तिर्ने प्रतिबद्धता पनि नजनाएकाले अनुमति खारेजको निर्णय गरिएको बताईएको छ ।

यसअघि पनि खारेजीमा परेको हेलो नेपालले बक्यौता तिर्ने प्रतिबद्धता जनाएपछि मन्त्रिपरिषदबाटै खारेजी रोक्का भएको थियो । किस्तामा बक्यौता तिर्ने सुविधा पाएपनि नतिनरेपछि खारेज गरिएको प्राधिकरणले जनाएको छ ।

यसअघि २०७६ साउन १७ गते नै प्राधिकरणले कम्पनीको अनुमतिपत्र खारेजको निर्णय गरेको थियो । त्यतिबेला मन्त्रिपरिषद बैठकले किस्तामा बक्यौता तिर्ने सुविधा दिएको थियो । यो सुविधा पाएपछि कम्पनीले जम्मा १ किस्ता मात्रै तिरेको छ ।

हेलो नेपालले ३२ करोड रुपैयाँ तिर्न बाँकी छ ।

कम्पनीका मालिका सुमार्गीलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल निकट व्यवसायी मानिन्छन् ।

[email-subscribers-form id="2"]
TOP