[email-subscribers-form id="2"]
मंगलबार नेपाली बजारमा सुनचाँदी दुवैको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला ३०० रुपैयाँले र चाँदी प्रतितोला पाँच रुपैयाँ वृद्धि भएको हो ।
बढेको मूल्य अनुसार आज छापावाला सुनको मूल्य ९१ हजार ६०० रुपैयाँ र चाँदी एक हजार २३० रुपैयाँ पुगेको छ । गत सोमबार सुन प्रतितोला ९१ हजार ३०० र चाँदी एक हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै यता तेजाबी सुनको मूल्य समेत तोलामा ३०० रुपैयाँले नै वृद्धि हुँदै आज ९१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
५ वर्ष अगाडि
५ वर्ष अगाडि
५ वर्ष अगाडि
११ महिना अगाडि
११ महिना अगाडि
३ वर्ष अगाडि