मंगलबार शेयर बजार परिसूचक १.६४ अंकले घटेर २६२८.३७ को बिन्दुमा पुगेर रोकिएको छ ।
आज कारोबारमा आएका २२५ कम्पनीका ६४ लाख ४७ हजार ४ सय ४९ कित्ता शेयर खरीद बिक्रिबाट ३ अर्ब ८ करोड ९० लाख ४१ हजार ९ सय ९१ रुपैयाँको कारोबार भएको छ ।
जस मध्ये आइसीएफसी फाइनान्सको सबै भन्दा धेरै १६ करोड २ लाख ७६ हजार रुपैयाँको कारोबार भएको छ भने महालक्ष्मी विकास बैंकको १३ करोड ९९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज कारोबारमा आएका सबै भन्दा बढी लाईफ इन्स्योरेन्सको सूचक घटेका छन् । नन-लाईफ इन्स्योरेन्स समुह ०.८३ प्रतिशतले बढेको छ भने विकाश बैंक समुह पनि ०.८३ प्रतिशतले बढेको छ ।
आज न्यादी हाइड्रोपावर लिमिटेड र सामलिंग पावर कम्पनी लिमिटेडको शेयर मूल्य १० प्रतिशतले बढेको छ । आज इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य सर्बाधिक ४.७७ प्रतिशतले घटेको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको शेयर मूल्य २.८६ प्रतिशतल घटेको छ ।
५ वर्ष अगाडि
५ वर्ष अगाडि
५ वर्ष अगाडि
११ महिना अगाडि
११ महिना अगाडि
३ वर्ष अगाडि