काठमाडौं संवाददाता । करीव चार करोड लागतमा निर्माण गरीएको चलचित्र ‘लप्पन छप्पन २’को ट्रेलर सार्वजनिक भएको छ । आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै एक्सनले भरिएको चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो ।
गोल्डेन हिल्स पिक्चर्सको ब्यानरमा एपी एजुकेशन अष्ट्रेलियाको सहकार्यमा निर्माण भएको यो चलचित्रका प्रस्तुतकर्ता खिलेन्द्रराज तिम्सिना हुन् ।
यो चलचित्रलाई मुकुन्द भट्टले निर्देशन गरेका हुन् । चलचित्रमा शिव श्रेष्ठ, सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, गोविन्द शाही, प्रकाश कुँवर, दीपक क्षेत्री, नविन मानन्धर लगायतका कलाकारको अभिनय छ ।
पैसा र शक्तिको भिडन्तलाई चलचित्रले प्रस्तुत गरेको छ । चलचित्रको ट्रेलरमा अनुप विक्रम शाहीलाई खलनायकको रुपमा देखाइएको छ । चलचित्र यूरोपका ४ देश, अष्ट्रेलिया र नेपालमा छायांकन गरिएको हो ।
निर्माता निर्मल मिश्रका अनुसार लप्पन छप्पन नेपालीलगायत अरु ३ भाषामा रिलिज गर्ने तयारी गरीएको छ ।चलचित्र हिन्दी, भोजपूरी र मैथिली भाषामा डवींग गर्ने तयारी रहेको पनि उनले बताए ।
पुरुषोत्तम प्रधानको छायांकन रहेको चलचित्रमा मिलन श्रेष्ठको सम्पादन छ । चलचित्रमा प्रकाश कुँवर, चिजकुमार श्रेष्ठ, निर्मल कुमार मिश्र, सुदिप चन्द्र बख्रेल, सन्तोष चन्द्र बख्रेलको लगानी छ ।
चलचित्र आगामी चैत्र २७ गतेबाट हलहरुमा लाग्ने छ ।
५ वर्ष अगाडि
५ वर्ष अगाडि
५ वर्ष अगाडि
११ महिना अगाडि
११ महिना अगाडि
३ वर्ष अगाडि