रामेछाप बस दुर्घटनाः मृतकको संख्या ९ पुग्यो

रामेछाप बस दुर्घटनाः मृतकको संख्या ९ पुग्यो

काठमाडौं । रामेछापस्थित तामाकोशी नदीमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ९ पुगेको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी श्याम कृष्ण थापाले मृतकको संख्या ९ पुगेको बताए । उनका अनुसार, ६ जनाको उपचारका क्रममा अस्पतालमा र तीन वटा शव घटनास्थलमा फेला परेको हो ।

काठमाडौंबाट रामेछापको धोबी हुँदै ओखलढुंगाको पोकलीका लागि छुटेको बस तामाकोशी नदीमा खसेको थियो । गोताखोरको टोली अहिले पनि उद्धार कार्यमा खटिरहका छन् ।

उद्धार गरेकाहरूलाई उपचारका लागि मन्थली र खुर्कोट पठाइएको छ ।

[email-subscribers-form id="2"]
TOP