गुराँस लाइफ इन्स्योरेन्सको साधारणसभा आह्वान, यस्ता छन् एजेण्डा

गुराँस लाइफ इन्स्योरेन्सको साधारणसभा आह्वान, यस्ता छन् एजेण्डा

गुराँस लाइफ इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर १० गते शुक्रबार भिडियो कन्फरेन्सको माध्यमबाट सभा गर्न लागेको हो ।

सभामा लाभांश सहितका विभिन्न प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७५/७६ सम्मको संचित मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ५.५० प्रतिशतले हुन आउने १० करोड ८६ लाख ६५ हजार ४ सय बराबरको बोनस शेयर र कर प्रयोजनको लागि ०.२८९ प्रतिशतले हुन आउने ५७ लाख १९ हजार २ सय ३१ रुपैयाँ ५७ पैसा नगद लाभांश गरि कुल ५.७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । हाल कम्पनीको चुक्ता पुंजी १ अर्ब ९७ करोड ५५ लाख ८४ हजार ६ सय रहेको छ ।

त्यस्तै सभामा सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने । लेखापरीक्षण प्रतिवेदन , वितीय विवरणहरू (वासलात, नाफारनोक्सान हिसाब नगद-प्रवाह विवरण आदि) उपर छलफल गरी पारित गर्ने, आ.ब. २0७७/७८ को लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकलाई नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने, संचालकको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्ताव पेश हुने छ।

त्यस्तै बोनस वितरणपछि चुक्ता पुंजी बढ्ने भएकोले सोहि अनुसार प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न स्वीकृति प्रदान गर्ने, प्रस्तावित संशोधनमा नियमनकारी निकायले परिमार्जनरफेरबदल गर्न सुझाव वा निर्देशन दिएमा सो अनुरुप आवश्यक समायोजन गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने, विभिन्न अमिति तथा उपसमितिहौरलाई प्रदान गरिएको बैठक भत्ता अनुमोदन गर्ने लगायतका प्रस्ताव पेश हुने छ ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि कार्तिक २३ गतेदेखि मङ्सिर १० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । कार्तिक २२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् ।

[email-subscribers-form id="2"]
TOP