धुम्बराही बैठक, नेता खनाल भन्नुहुन्छ, ”विस्वास लागेको थिएन”

धुम्बराही बैठक, नेता खनाल भन्नुहुन्छ, ”विस्वास लागेको थिएन”


सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका नेताहरूबीच पार्टी कार्यालय धुम्बाराही बैठक सकीएको छ । तर नेपाल पक्षका बरष्ठि नेता झलनाथ खनाल भने आजको बैठकमा उपस्थित भएका थिएनन् ।

नेता खनालसंग भएको एक फोन वार्ताका क्रममा उनले अझै पनि केपी ओलीको कार्यशैलीमा आफूलाई विस्वास लागि नसकेको बताएका छन् । ”एकता हुन सके त सवभन्दा पहिला म नै स्वागत गर्छु तर प्रधानमन्त्रीले आजको बैठक एकता गर्न भन्दा पनि वार्गेनिंग गर्न बोलाएको हो । ताकी गत २८ गतेको एकलौटी निर्णय सदर गराउन सकियोस् । ”

जनताले दूई तिहाई मत दिएर बलियो र पहिलो दल बनाई दिएको नेकपा केपी ओलीको दम्भको कारण फुटीसकेको बताउँदै नेता खनालले देशलाई समृद्धशाली बनाउने बेलामा पार्टीको किचलोमा धकेलेर केपी ओलीले गल्ती गरेको पनि बताए । आन्तरीक एकता मजवुत बनाएपछिमात्र पूनह पुरानै नेकपा बन्ने पनि उहाँको विस्वास छ ।

बैठकमा प्रधानमन्त्री ओलीसहित ईश्वर पोखरेल, बिष्णु पौडेल, प्रदीप ज्ञवाली र सुवास नेम्वाङ सहभागी छन्। नेता नेपाल समूहबाट उनीसहित नेताहरू भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त, घनश्याम भुषाल र गोकर्ण बिष्ट सहभागी थिए ।

एमालेभित्र विवाद बढेपछि दुबै पक्षका केही नेताहरूले प्रधानमन्त्री ओली र नेपालबीच संवाद गराउन प्रयत्न गरिरहेका थिए। प्रधानमन्त्री ओलीले फागुन २८ गते एकलौटी रूपमा केन्द्रीय समितिको बैठक राखेर नेता नेपालसहित सो समूहका मुख्य नेताहरूको जिम्मेवारी खोसेर पूर्वमाओवादी नेताहरूलाई केन्द्रीय समिति सदस्यमा नियुक्त गरेपछि एमालेभित्र को विवाद तीव्र रूपले बढेको हो।

सर्वोच्च अदालतको आदेशसँगै एमाले ब्यँतिएपछि प्रधानमन्त्री ओली र न‍ेपाल पक्षका नेताहरूबीच औपचारिक रूपमा कुनै भेटघाट र संवाद भएको थिएन।

नेता खनालका अनुसार आँफू बैठकमा उपस्थित हुन नसकेपनि बैठकमा जानु अघि नेताहरुसंग आफूले सरसल्लाह भने भएको थियोे । ”साथीहरु मलाई सोधेरनै धुम्बराही जानु भएको छ, मैले मेलमिलाप र एकीकृत भएर आउन शुभकामना दिएको छु । तर ओलीमा घमण्ड सकिएको छैन्, संविधान विपरीत हुने गरी साथीहरुले प्रधानमन्त्रीसंग कुनै एकता गरेर आउने छैनन् ।” उनले भने ।

[email-subscribers-form id="2"]
TOP