सानिमा इन्स्योरेन्सको आईपीओ पहिलो दिनमै २.२५ गुणा धेरै आवेदन

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणकमा निष्काशन गरेको आइपिओ मा पहिलो दिनमा नै २।२५ गुणा धेरै आवेदन परेको छ ।

बुधबार बेलुका सबा ५ बजेसम्ममा ६१ करोड ४७ लाख ६० हजार रुपैयाँ बराबरको ६१ लाख ४७ हजार ६०० कित्ता शेयरको खरीदका लागि माग भएको छ । आईपीओमा पहिलो दिनमा नै २ लाख ६५ हजार ९१६ जनाले आवेदन दिएका छन् ।

इन्स्योरेन्सले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३० करोड रुपैयाँ बराबरको ३० लाख कित्ता आइपिओ निष्काशन गरेको हो । जसमध्ये १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीलाई र १ लाख ५० हजार कित्ता सामूहिक लगानी कोषका इकाईहरुलाई छुट्टाएरको हो ।

[email-subscribers-form id="2"]
TOP