काठमाडौं । यी हुन सुमन कुमार बोहोरा । उमेर २२ वर्ष । घर रामेछाप, मन्थली नगरपालिका ९ बाहुनचुरा । उनी २०७५ तिर नेपालमा प्लस टु पास गरेर अष्ट्रेलिया पढ्न गए । अष्ट्रेलिया पढ्न जाँदा सुमनसँग थुप्रै सपनाहरु थिए ।
सपनाको यात्रा जारी थियो । त्यहाँ पढ्न पठाउँदा बाबाले गरेको रिऋ पनि तिर्नु थियो । आफ्नो भविष्यको सफा नक्सा कोर्नु थियो । उनी त्यसमा दृढ भएर लागेकै थिए । तर जीवन सोचेजस्तो भएन । उनी विरामी परे । उपचारका लागि नेपाल फर्किए । धनिहरु, नेपालका नेताहरु नेपालमा विरामी भए भने उपचारका लागि विदेश जान्छन्, तर सुमन भने उपचारका लागि अष्ट्रेलियाबाट नेपाल फर्किए ।
चार महिना अघि शिक्षण अस्पतालले सुमनको ब्लड क्यान्सर भएको पत्ता लगायो । टिचिङमा २ महिना १५ दिन उपचार गराए तर सुमनको विमार २० को १९ पनि भएन । उल्टै कम्मरमुनिको भाग चल्न छोड्यो । करिब २२ लाख सकेर सुमनलाई टिचिङबाट डिस्चार्ज गरियो । अब विरामीको अवस्था झन जटिल बन्दै गयो । त्यसपछि उनलाई उपचारका लागि सिभिल अस्पताल लगियो । उनको अहिले एक महिनादेखि सिभिलमा उपचार भैरहेको छ । सिभिलमा पनि १२ लाख जति खर्च भैसकेको सुमनका बुबा निल बहादुर बोहोरा बताउनुुहुन्छ । उहाँका अनुसार बेच्न मिल्ने घरजग्गा सबै बेचिसकियो । सिभिलले खर्च गर्न सके निको हुने बताएको छ । तर करिब ६० लाख खर्च हुने अस्पतालले बताएको छ ।
अब छोराको उपचारका लागि निलबहादुरसँग पैसा छैन । विरामी छोरा सुमनले निको भइँभने रिऋ त तिरिहाल्थे भनेको बुबा निलबहादुर सुनाउँछन् । पैसाकै कारण छोरा गुमाउनुपर्ला कि भन्ने असह्य पीडामा यतिवेला निल बहादुर छन् । दयालु मनहरुले सहयोग गरिदिए छोरा बचाउनु सकिन्थ्यो भन्ने आशा निलबहादुरको छ । पैसाकै कारण सुमनले मर्न नपरोस ।
कसैले पनि आर्थिक सहयोग गर्न चाहनुहुन्छ भने, क्यान्सर पीडित सुमनको बुबाको सम्पर्क नम्बर ९७४१०९५०५७,मा फाेन गर्न सक्नुहुनेछ । त्यसैगरी एनआईसी एसिया बैककाे बैंक खाता नम्बर ३०८७९७३२३०७५२४०१ सकेकाे रकम जम्मा गरिदिन सक्नुहुनेछ ।
आर्थिक सहयोग जुटाउनु बोहोरा समाज जुटेको पनि छ । त्यो समाजले क्यान्सर पीडित सुमन बोहोरा बचाउन अभियान शुरु गरेको छ ।
अभियान्ताहरु
रविन्द्र कुमार बोहोरा ९८५१००९३८४
राजकुमार बोहोरा ९८६३९२२५२७
शंकर बोहोरा ९८५१२१३२९१
राजेन्द्र कुमार बोहोरा ९८४९९४६६१४
तेज बहादुर बोहोरा ९८४९८४१३१८
प्रकाश कुमार बोहोरा ९८५१०६१८४२
रमेश कुमार बोहोरा ९७४१०९५५३३
भोज बहादुर बोहोरा ९८०८४१८१७३
मोहन कुमार बोहोरा ९८४१६८०४४८
५ वर्ष अगाडि
५ वर्ष अगाडि
६ वर्ष अगाडि
१ हप्ता अगाडि
१ हप्ता अगाडि
१ हप्ता अगाडि