[email-subscribers-form id="2"]
सोमबार सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ । कार्तिक २९ गते सुन तोलामा ३०० रुपैयाँले घटेको छ ।
यस दिन छापावाल सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ तोकिएको छ । आइतबार सुन तोलामा २०० रुपैयाँले उकालो लागेर प्रतितोला ९४ हजार ६०० रुपैयाँ पुगेको थियो ।
सोमबार सुन तोलामा १५ रुपैयाँले घटेर प्रतितोला एक हजार २८० रुपैयाँ तोकिएको महासंघको तथ्यांकमा उल्लेख गरिएको छ । अघिल्लो कारोबार दिन चाँदी प्रतितोला १० रुपैयाँले बढेर प्रतितोला एक हजार २९५ रुपैयाँमा कारोबार भएको थियो ।
५ वर्ष अगाडि
५ वर्ष अगाडि
६ वर्ष अगाडि
१ हप्ता अगाडि
१ हप्ता अगाडि
२ हप्ता अगाडि