लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधवप्रसाद रेग्मी नियुक्त

लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधवप्रसाद रेग्मी नियुक्त

बालुवाटारमा आज बसेको संवैधानिक परिषदको बैठकले लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधवप्रसाद रेग्मीलाई नियुक्त गर्ने सिफारिस गरेको छ। रेग्मी लोक सेवा आयोगकै पूर्वसचिव हुन्।

प्रधानमन्त्री ओली, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाशीश चोलेन्द्र शमशेर जवरा उपस्थित परिषदको बैठकले पूर्वसचिव रेग्मीलाई आयोगको अध्यक्षमा सिफारिस गर्ने निर्णय गरेको हो।

रेग्मी झापा निवासी हुन्।

आज बसेको संवैधानिक परिषद बैठकमा सभामुख अग्निप्रसाद सापकोटा र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गएका थिएनन्।

सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएपछि, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसले विरोध गर्दै आएका छन् ।

[email-subscribers-form id="2"]
TOP