सुनको भाउ प्रतितोलामा ५०० रुपैयाँ घट्यो

सुनको भाउ प्रतितोलामा ५०० रुपैयाँ घट्यो

नेपालमा हिजोको तुलनामा आज सुनको मूल्य घटेको छ ।

बुधबार प्रतितोला ९० हजार १०० रुपैयाँ पुगेको छापावाल सुनको मूल्य आज ८९ हजार ६०० रुपैयाँमा झरेको हो । यस्तै, तेजाबी सुनको मूल्य पनि ५०० रुपैयाँले नै घटेको छ । आज यो गुणस्तरको सुन प्रतितोला ८९ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य पनि प्रतितोलामा १० रुपैयाँले घटेको छ । हिजो प्रतितोला मूल्य ११६५ रुपैयाँ थियो । आज ११५५ रुपैयाँमा किनबेच भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

[email-subscribers-form id="2"]
TOP