काठमाडौं। अरुण भ्याली हाइड्रोपावरले गत वर्षको कमाइबाट १० प्रतिशत लाभांश वितरण गर्ने भएको छ।
कम्पनीको भदौ ३१ गते बसेको सञ्चालक समितिको बैठकले लगानीकर्तालाई १० प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
साथै कम्पनीले बोनश पश्चात ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव समेत अघि सारेको छ।
लाभांश वितरणको लागि कम्पनीले असोज २४ गते चौविसौ वार्षिक साधारणसभा आह्वान गरेको छ।
उक्त सभाबाट पारित भएपछि शेयरधनीले प्रस्तावित लाभांश पाउने छन्।

लाभांश वितरण प्रयोजनको लागि कम्पनीले असोज ११ गते बुकक्लोज गर्ने जनाएको छ। यसअनुसार असोज १० गतेसम्म कायम शेयरधनीले कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन्।
५ वर्ष अगाडि
५ वर्ष अगाडि
६ वर्ष अगाडि
१ दिन अगाडि
५ दिन अगाडि
१ हप्ता अगाडि
५ वर्ष अगाडि
५ वर्ष अगाडि
६ वर्ष अगाडि
५ दिन अगाडि
१ दिन अगाडि