राष्ट्रिय यूवा संघ नेपालका निवर्तमान अध्यक्ष एवम् नेकपा एमालेका युवा नेता बच्चनबहादुर सिहंले राष्ट्रपती र प्रधामन्त्रीविरुद्ध अदालत मै कतिपय वकिलहरुले व्यावशायीक आचरण नै भुलेर गरेका बहस् प्रति कडा आपत्ती जनाउनु भएको छ । सम्माननीय प्रधानमन्त्री र महामहिम राष्ट्रपतीलाई लक्षीत गरी अदालतमा उपस्थित भई मानमर्दन गर्ने कुराप्रति असन्तुष्टि जनाउदै अदालतलाई प्रश्न गर्नु भएको हो ।।
उहाँले भन्नु भयो, -राजालाई दाम चढाएर प्रधानमन्त्रीका लागि निबेदन दिने माधव नेपाल, देशमा संकटकाल लगाएर राजालाई शासन सुम्पेर प्रधानमन्त्री हुनखोज्ने शेर बहादुर देउवा र द्वन्दकालमा राजासँग बार्ता गरेर भएपनी प्रधानमन्त्री हुनखोजेका र अहिलेसम्म पनि राजालाई हारगुहार गरिरहेका प्रचण्ड र तिन्का वकिलहरु अदालतमा एकदमै तल्लोस्तरमा ओर्लिएर बहस गरिरहेका छन, सम्माननीय राष्ट्रपतिलाई ‘हु आर यु’ भन्ने देखि सम्मानित अदालत र इजलाशमै हत्याको धम्की आउनु सामान्य कुरा हुन सक्तैन।”

सिलसेलेवार रुपमै मुलुकका दूवै कार्यकारीहरुमाथी लगातार धावा बोलीरहँदा पनि न्यायलय चुप बसेको आरोपसमेत लगाउनु भएको छ । उहाँ अगाडी भन्नु हुन्छ,
प्रधानन्यायाधीश सहित सर्बोच्चका बरिष्ठतम न्यायाधीशहरु सहभागी इजलाशमा सम्माननीय राष्ट्रपति बिद्यादेबि भण्डारी र सम्माननीय प्रधानमन्त्री केपि शर्मा ओलीको हत्या गर्ने धम्की दिनु र न्यायमुर्ति मौन बस्नु, कुनै आदेस र जवाफ नमागिनु न्यायिक ईतिहासमै गम्भीर घटना हो र यो सामान्य हुन सक्दैन, यस्का बिरुद्ध जनता सडमा ओर्लिएर राजनैतिक प्रतिकार भयो भने को जिम्मेवार हुने रु समयमै ध्यानाकर्षण होस।

सम्मानित सर्बोच्च अदालतले संविधानको किटानी व्यवस्था र राजनीतिक दलसम्बन्धी ऐन प्रबन्ध हेर्नुपर्ने हो, राजनीतिक मुद्दामा प्रवेश गर्दा समस्या निम्तिने मात्र हैन भोलिका दिनमा सम्हाली नसकिने हुनसक्छ र कतिपय मुलुकहरु अदालतको गलत निर्णयको सिकार भएका उदाहरण सम्झाई रहनु नपर्ला। राजनीतिमाथि न्यायालयको वर्चस्व बढ्दै जानु कदापी सकारात्मक हुनसक्दैन।
अन्त्यमा, यसभन्दा पहिले पनि कामचलाउ सरकारले मन्त्रिपरिषद विस्तार गरेको अभ्यास हामी कहाँ नभएको होईन, नेपाली नागरिकले पनि सम्पूर्ण न्यायिक र राजनैतिक गतिविधि नजिकवाट नियालि रहेकाछन कसैको पनि धैर्यको बाध नटुटोस र देशले सहि निकाश पाओस।”
५ वर्ष अगाडि
५ वर्ष अगाडि
६ वर्ष अगाडि
६ दिन अगाडि
६ दिन अगाडि
१ हप्ता अगाडि
५ वर्ष अगाडि
५ वर्ष अगाडि
६ वर्ष अगाडि
६ दिन अगाडि
६ दिन अगाडि