सेयर बजारमा लगानी गर्न ओइरिए लगानीकर्ता

सेयर बजारमा लगानी गर्न ओइरिए लगानीकर्ता

काठमाडौं । साताको पहिलो दिन आइतबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा हरियाली छाएको छ ।

लगानी गर्ने सबै क्षेत्र ठप्प भएका बेला लगानीकर्ता नेप्सेमा लगानी गर्न ओइरिएका छन् । अन्य क्षेत्र सबै बन्द छन् । सेयर बजारमा लगानी गर्न आएपछि नेप्सेमा हरियाली छाएको हो ।

आइतबार नेप्से नेप्से परिसूचक ५४ अंकले बढेर २६६५.११ अंकमा बन्द भएको छ । आइतबार दिनभरिमा २२६ कम्पनीको १ करोड ५८ लाख ३२ हजार ४०३ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ३७ करोड ८ लाख ५ सय रुपैयाँको कारोबार भएको छ।

आइतबार नेप्सेमा सबै समूहमा हरियाली छाएको हो । आज सर्वाधिक जीवन बीमा समूहका लगानीकर्ताले ६३२.१८ अंकले कमाएका छन् भने उत्पादन समूहको १५०.३६ अंकले कमाए ।

कोरोना संक्रमण दैनिक रुपमा बृद्धि हुँदै छ । यसको रोकथाम तथा नियन्त्रणका लागि देशका विभिन्न स्थानमा लकडाउन तथा निषेधाज्ञा जारी गरिएको छ । सबै सेवा ठप्प छन् तर नेप्से भने खुला छ ।

[email-subscribers-form id="2"]
TOP