अस्पतालको शैयावाट झलनाथ खनालको आग्रहः पार्टी मिलाउनुस् कमरेड

अस्पतालको शैयावाट झलनाथ खनालको आग्रहः पार्टी मिलाउनुस् कमरेड

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनालले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई अस्पतालको शैयावाट नै पार्टी मिलाउन आग्रह गर्नु भएको छ ।त्यस्तै नर्भिक अस्पताल मै भट्न पुगेका एमाले महासचिव इश्वर पोखरेललाई समेत सोही आशयले नेता खनालले पार्टी मिलाउन आग्रह गर्नु भएको बुझिएको छ ।

झलनाथ खनाल

उपचारका लागि दिल्ली लैजानुअघि टेलफोनमार्फत खनालले ओलीलाई यस्तो आग्रह गर्नु भएको हो। उपचारमा जान लागेकाले आफू फर्केर आउने नआउने निस्चित नभएको संकेत गर्दै पार्टी मिलाउन आग्रह गरेको एमाले नेता होम बुढाथोकीले बताउनु भयो । फोन संबादमा उहाँले आफ्नो चाहाना हिजो के–के भयो सबै तीता–मीठा बिर्सेर पार्टी एकता जोगाउनु रहेको पनि बताउनु भएको थियो।

प्रधानमन्त्री ओलीले नेता खनालको उपचारका लागि सरकारले सघाउने बताउनु भएको पनि जानकारी प्राप्त भएको छ । शुरूमा अर्थमन्त्री विष्णु पौडेलले खनालसँग कुरा गरेर प्रधानमन्त्रीसँग कुरा गराउनु भएको थियो। यसैविच खनालले एक अपिल समेत निकालेर पार्टी मिलाउन अनुरोध गर्नु भएको छ ।

दिल्ली जानुअघि खनालले निकालेको वक्तव्य

नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा नेता खनालको उपचार हुने खनालनिकट स्रोतले बताएको छ ।
हामी वहाँको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।

[email-subscribers-form id="2"]
TOP