अछाम/ जिल्ला प्रशासन कार्यालय अछाममा निर्वाचन आचारसंहिता उल्लंघन भएको भन्दै उजुरी दर्ता गरिएको छ।
नेकपा तर्फबाट प्रतिनिधि बालागिरी कुँवरले उजुरी दिँदै नेपाल कम्युनिस्ट पार्टी (एमाले) का उम्मेदवार दीपक साउदले निर्वाचन कानुन र आचारसंहिता विपरीत गतिविधि गरेको आरोप लगाएका छन् ।
उजुरीपत्रमा उल्लेख भएअनुसार फागुन १८ गते राति १२ बजेदेखि चुनावी प्रचारप्रसार निषेध भए पनि साउदले फागुन १९ गते बिहानदेखि आफ्नो नेतृत्वमा दुई वटा गाडीमार्फत कार्यकर्ता परिचालन गरी प्रचारप्रसार गरेको आरोप छ। मेल्लेख गाउँपालिकाको वडा नम्बर ७ (नन्देगडा र घोघेरी) तथा बान्नीगढी जयगढ गाउँपालिकाको वडा नम्बर ३ (धारासेन) मा कोठे बैठकसमेत गरी मतदातालाई विभिन्न प्रलोभन दिएको दाबी गरिएको छ।
यस विषयमा यसअघि मौखिक रूपमा प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन क्षेत्र नम्बर १ का निर्वाचन अधिकृतलाई जानकारी गराइसकिएको पत्रमा उल्लेख छ। आचारसंहिताको ठाडो उल्लंघन भएकाले आवश्यक छानबिन गरी कानुनी कारबाही गर्न र यस्ता गतिविधि तत्काल रोक्न माग गरिएको छ।
उक्त गतिविधिबाट निष्पक्ष, स्वतन्त्र र भयरहित निर्वाचन सम्पन्न गर्ने लोकतान्त्रिक प्रक्रियामा नकारात्मक असर पर्न सक्ने भन्दै ध्यानाकर्षणसमेत गराइएको छ।
यस सम्बन्धमा अछाम प्रशासनले आवश्यक छानबिन प्रक्रिया अघि बढाउने जनाएको छ।
५ वर्ष अगाडि
५ वर्ष अगाडि
६ वर्ष अगाडि
६ दिन अगाडि
६ दिन अगाडि
१ हप्ता अगाडि
५ वर्ष अगाडि
५ वर्ष अगाडि
६ वर्ष अगाडि
६ दिन अगाडि
६ दिन अगाडि