भट्टराईले पर्यटनमन्त्री हुन्छु भन्दै एक करोड पैसा मागेको मन्त्री आलेले गरे खुलासा

भट्टराईले पर्यटनमन्त्री हुन्छु भन्दै एक करोड पैसा मागेको मन्त्री आलेले गरे खुलासा

संस्कृति, पर्यटन तथा नगारिक उड्ययनमन्त्री प्रेम आलेले योगेश भट्टराईमाथि दर्जन बढि आरोप लगाएका छन् ।

उनले योगेशले मन्त्री हुन्छु भनेर त्यो भन्दा पहिले दरबारमार्गको एक होटलसँग एक करोड रुपैयाँ लिएको पनि आफूकहाँ कुरा आईपुगेको बताएका छन् ।
उनले भने, दरबारमार्गमा एउटा होटल छ, त्यो होटलभित्रपनि भट्टराईले चुनावको बेलामा म अब पर्यटनमन्त्री हुन्छु ल मलाई एक करोड ल्याउ भनेर पैसापनी मागेको खुलासा गरे । त्यो कुरा पनि मकहाँ आएको छ । पर्यटनमन्त्री म हुन्छु अनि तपाईँहरुको काम म गरिदिन्छु भनेर भन्ने जानकारी म कहाँ आएको पनि आलेले बताए ।

उनले योगेश भट्टराईसँग अहिले चूनौति दिने हैसियत नै नभएको पनि आरोप लगाए । उनले भने, के नाकले उहाँले मलाई चूनौति दिनुहुन्छ, के म उहाँको कार्यकर्ता हो र ? यी जम्मै मैले तथ्य, सत्य सबै राखिदिएको छु त । चाटर्ड फ्लाईटमा कमिशनको धन्दा भएको छ। भट्टराईले मलाई के चूनौति दिने ? त्यो चूनौति दिने हैसियत छ र ?”

[email-subscribers-form id="2"]
TOP