रिलायन्स लाइफ इन्स्योरेन्सले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस ११ गते साधारणसभा आह्वान गरेको हो ।
सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हेन छन् । कम्पनीले आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ५.२६३२ प्रतिशतले हुन आउने ११ करोड ५ लाख २७ हजार २ सय रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । जस मध्ये ५ प्रतिशतले हुन आउने १० करोड ५० लाख नगद लाभांश र ०.२६३२ प्रतिशतले हुन आउने ५५ लाख २७ हजार २ सय कर प्रयोजनको लागि रहेको कम्पनीले जनाएको छ। कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लगानीकर्तामा बितरण हुने छ। हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब १० करोड रहेको छ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । मङ्सिर २४ गते कायम शेयरधनीले मात्र सभामा भाग लिन तथा प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
यस्ता छन् कम्पनीको सभामा पेश हुने प्रस्ताव:
(क) सामान्य प्रस्ताव:
१. सञ्चालक समितिको आ.ब.२०७६/७७ को बार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने ।
२. लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व.२०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु स्वीकृत गर्ने ।
३. कम्पनीको आ.ब.२०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने ।
४. संचालक समितिले प्रस्ताब गरे बमोजिम प्रति शेयर रु. ५.२६३२१- अर्थात रु. ११,०५,२७,२००/- नगद लाभांश (प्रस्तावित नगद लाभांश बापतको कर सहित) वितरण गर्न स्वीकृत गर्ने ।
५. संचालक समितिमा साधारण शेयरधनी समूह (ख)बाट प्रतिनिधित्व गर्ने (दुई) जना संचालकको निर्वाचन गर्ने ।
(ख) बिशेष प्रस्ताव
१. कम्पनीको नियमावलीमा प्रस्ताव भए बमोजिम आवश्यक संशोधन गर्ने ।
२. कम्पनीको नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सो लाई समाविष्ट गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने सम्बन्धमा ।
३. कम्पनीले आ.व. २०७६/७७ मा संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत कोभिड प्रभावितलाई सहयोग गर्न नेपाल सरकारलाई प्रदान गरेको आर्थिक सहायता वापतको रकम रु. ७,५०,०००र- कम्पनी ऐन, २०६३ को दफा १०५(१)(ग) बमोजिम अनुमोदन गर्ने ।
५ वर्ष अगाडि
५ वर्ष अगाडि
६ वर्ष अगाडि
१ दिन अगाडि
५ दिन अगाडि
१ हप्ता अगाडि
५ वर्ष अगाडि
५ वर्ष अगाडि
६ वर्ष अगाडि
५ दिन अगाडि
१ दिन अगाडि