‘मेरो सेयर’ लिनेको संख्या ३८ लाख नाघ्यो, डिम्याट खोल्ने कति ?

‘मेरो सेयर’ लिनेको संख्या ३८ लाख नाघ्यो, डिम्याट खोल्ने कति ?

पछिल्लो समय सेयर बजारमा आकर्षण बढ्दै जाँदा सीडीएससीको ‘मेरो सेयर’ लिनेको संख्या पनि बढ्दै गएको छ।

अहिले पुँजीबजारमा देश तथा विदेशबाट लगानी गर्नेको संख्या बढ्दो रहेको छ। सीडीएससीको तथ्यांकअनुसार आजसम्म ‘मेरो सेयर’ लिनेको संख्या ३८ लाख ५२१ पुगेको छ।
डिम्याट खाता खोल्नेको संख्या पनि बढेर ४६ लाख ८६ हजार ६७२ पुगेको छ। डीपीको सुविधा दिनेमा ब्रोकर र बैंकहरु ८२ वटा पुगेका छन्। त्यसैगरी सि–आस्बामा दर्ता भएका बैंकहरुको संख्या ५५ पुगेको छ।

हालसम्म सेयर बजारमा २१२ कम्पनीको सेयर कारोबारका लागि दर्ता भएका छन्। नेप्सेमा अहिलेसम्म ७८ अर्ब ३८ करोड ८१ लाख २९७ कित्ता सेयर डिम्याट खातामा जम्मा भएको छ। सामूहिक लगानी कोषको संख्या ३३ पुगेको छ।

[email-subscribers-form id="2"]
TOP