स्पेशल प्रि ओपन सेसनमा न्यादीको शेयर कारोबार भएन

स्पेशल प्रि ओपन सेसनमा न्यादीको शेयर कारोबार भएन

बुधबार नेप्सेमा सूचीकृत भएको न्यादी हाइड्रोपावरको शेयर बिहीबार स्पेशल प्रि ओपन सेसनमा कारोबार हुन सकेन।

स्पेशनल प्रि ओपन सेसनमा कारोबार नभएपछि बिहीबारको लागि कम्पनीको शेयर कारोबार नहुने भएको छ। आगामी आइतबार स्पेशल प्रि ओपन सेसनमा कारोबार भएमा मात्रै नियमित समयमा कम्पनीको शेयर कारोबार खुल्ने छ।

न्यादी हाइड्रोपावरको बुधबार १ करोड ५० लाख कित्ता शेयर नेपाल स्टक एक्चेञ्जमा सूचीकृत भएको थियो।

कम्पनीले सर्बसाधारणमा बिक्री गरेको २५ लाख ५० हजार कित्ता, स्थानीय वासिन्दाको लागि निष्काशन गरेको १५ लाख कित्ता र संस्थापक शेयर १ करोड ९ लाख ५० हजार कित्ता शेयर सूचीकृत भएको छ।

कम्पनीको शेयर कारोबारको लागि नेप्सेले एनवाईएडिआई कारोबार संकेत प्रदान गरेको छ भने पहिलो शेयर कारोबारको लागि ९४ रुपैयाँ १३ पैसादेखि २८२ रुपैयाँ ३९ पैसासम्म्को कारोबार रेञ्ज प्रदान गरेको छ।

[email-subscribers-form id="2"]
TOP