पाँचथर पावरको नाफा ४४ प्रतिशतले बढ्यो

पाँचथर पावरको नाफा ४४ प्रतिशतले बढ्यो

पाँचथर पावरले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ४४ प्रतिशतले नाफा बढेको वित्तीय विवरण प्रकाशित गरेको छ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा १० करोड ३१ लाख ३९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोहि अवधिको तुलनामा ४४.६६ प्रतिशतले धेरै हो। गत वर्षको पहिलो त्रैमासमा कम्पनीले ७ करोड १२ लाख ९९ हजार रुपैयाँ नाफा कमाएको थियो।

कम्पनीको विद्युत विक्रीबाट हुने आम्दानी र अन्य आम्दानी बढ्दा उसको खुद नाफा बढेको हो।

यस अवधिमा कम्पनीले विद्युत विक्रीबाट १६ करोड २७ लाख ५० हजार रुपैयाँ आम्दानी गरेको छ। गत वर्षको यसै अवधिमा १४ करोड ६१ लाख रुपैयाँ नाफा कमाएको थियो। यस वर्ष विद्युत बिक्रीबाट हुने आम्दानी ११.३९ प्रतिशतले बढेको छ।

यस अवधिमा कम्पनीको पूँजी पनि ३८.९९ प्रतिशतले बढेको छ। चुक्ता पूँजी ६९ करोड २५ लाख रुपैयाँबाट बढेर ९६ करोड २५ लाख रुपैयाँ पुगेको छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ४१ रुपैयाँ १८ पैसाबाट बढेर ४२ रुपैयाँ ८६ पैसा पुगेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ ३ पैसा र मूल्य आम्दानी अनुपात ९.४८ गुणा छ।

[email-subscribers-form id="2"]
TOP