रिलायन्स लाइफले घोषणा गर्यो लाभांश

रिलायन्स लाइफले घोषणा गर्यो लाभांश

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षसम्मको सञ्चित मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ५.२६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो। बीमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

असोज १८ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

[email-subscribers-form id="2"]
TOP