नेप्सेमा नेपाल ल्युब ओइलको शेयर मूल्य समायोजन

नेप्सेमा नेपाल ल्युब ओइलको शेयर मूल्य समायोजन

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा नेपाल ल्युब ओइल लिमिटेडको शेयर मूल्य समायोजन भएको छ । कम्पनीको ३० प्रतिशत बोनसमा मूल्य समायोजन भएको हो ।

समायोजनपछि कम्पनीको शेयर मूल्य २४३ रुपैयाँ कायम भएको छ । समायोजनअघि कम्पनीको शेयर मूल्य ३१६ रुपैयाँ थियो । कम्पनीले साधारणसभा प्रयोजनार्थ आज असोज ५ गतेदेखि असोज १८ गतेसम्मका लागि लागि बुक क्लोजको मिति समेत तय गरेकोल आज मूल्य समायोजन भएको हो । असोज ४ गतेसम्म कायम सेयरधनिहरुले कम्पनीको साधारणसभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्ने छन्।

कम्पनीले असोज १८ गते साधारणसभा डाकेको छ । साधारणसभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीको भदौ २५, २०७८ मा बसेको ३५८ औं संचालक समितिको बैठकले आर्थिक बर्ष २०७७-०७८ मा कर प्रयोजन सहित ३५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ।

कम्पनीले ३० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ५ प्रतिशत नगद सहित ३५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। कम्पनी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश पाउँन सक्ने छन्। कम्पनीले कोभिड १९ को महामारीलाई मध्यनजर गर्दै भर्चुअल मार्फत बार्षिक साधारणसभा गर्ने भएको छ।

[email-subscribers-form id="2"]
TOP