नेपाल ल्युब ओइलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल ल्युब ओइलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

नेपाल ल्युब ओइल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज असोज ४ गते अन्तिम दिन रहेको छ । कम्पनीले साधारणसभा प्रयोजनार्थ असोज ५ गतेदेखि असोज १८ गतेसम्मका लागि लागि बुक क्लोजको मिति समेत तय गरेकोल एअजा असोज ४ गतेसम्म कायम सेयरधनिहरुले कम्पनीको साधारणसभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्ने छन्।

कम्पनीले असोज १८ गते साधारणसभा डाकेको छ । साधारणसभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीको भदौ २५, २०७८ मा बसेको ३५८ औं संचालक समितिको बैठकले आर्थिक बर्ष २०७७-०७८ मा कर प्रयोजन सहित ३५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ। कम्पनीले ३० प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ५ प्रतिशत नगद सहित ३५ प्रतिशत लाबहंश प्रस्ताव गरेको हो। कम्पनी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश पाउँन सक्ने छन्। कम्पनीले कोभिड १९ को महामारीलाई मध्यनजर गर्दै भर्चुअल मार्फत बार्षिक साधारणसभा गर्ने भएको छ।

यस अगाडीको आर्थिक बर्षमा कम्पनीले १० प्रतिश्त नगद लाभांश दिएको थियो।

[email-subscribers-form id="2"]
TOP