काठमाडौं । रेडियो फ्रिक्वेन्सीबापत सरकारले गत आर्थिक वर्ष २०७६\७७ मा तीन अर्ब ८७ करोड ६३ लाख पाँच हजार ६०१ रुपैयाँ राजस्व प्राप्त गरेको छ । विभिन्न दूरसञ्चार सेवा प्रदायक तथा कम्पनीले गत वर्षमा फ्रिक्वेन्सी दस्तुर तथा थप दस्तुर गरी उक्त राजस्व बुझाएका हुन् ।
नियामक नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार सबैभन्दा बढी दस्तुर बुझाउनेमा सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकम रहेको छ । टेलिकमले एक अर्ब ७२ करोड ४९ लाख ९० हजार रुपैयाँभन्दा बढी फ्रिक्वेन्सी दस्तुर तिरेको छ ।
त्यस्तै फ्रिक्वेन्सीका लागि दोस्रो धेरै दस्तुर बुझाउनेमा निजी मोबाइल सेवा प्रदायक कम्पनी एनसेल रहेको छ । कम्पनीले गत आर्थिक वर्षमा एक अर्ब ५९ करोड ९१ लाख ३१ हजार रुपैयाँभन्दा बढी बुझाएको छ ।
कसले कति बुझाए ?
| सेवा प्रदायक | फ्रिक्वेन्सी दस्तुर (रु.) |
| नेपाल टेलिकम | १,७२४,९९०,१६३ |
| एनसेल | १,५९९,१३१,६०० |
| सीजी कम्युनिकेसन | ७९,१२६,०३५ |
| स्मार्ट टेलिकम | २५७,४४९,४५६ |
| नेपाल स्याटेलाइट टेलिकम | २१५,१३३,९९१ |
| यूटीएल | २,८२६ |
| मर्कन्टाइल कम्युनिकेसन | २०४,३६८ |
| रोबिन श्रेष्ठ | १,००० |
| बुटवल पावर कम्पनी | २,००० |
| नेपाल इन्भेस्टमेन्ट बैंक | २४,००० |
| भोटेकोशी पावर कम्पनी | १,००० |
| नेपाल एसबीआई बैंक | १,००० |
| आईफोर टेक्नोलोजी | ६४,००० |
| कन्स्टलेसन प्रालि | ११२,००० |
| एसएसभीसी रेडियो | १,०८० |
| भोरिक्स इन्फरमेसन टेक्नोलोजी | १,०८० |
| युनिलिभर नेपाल | ६०,००० |
| जम्मा | ३,८७६,३०५,६०१ |
श्रोतः नेपाल दूरसञ्चार प्राधिकरण
५ वर्ष अगाडि
५ वर्ष अगाडि
६ वर्ष अगाडि
१ हप्ता अगाडि
१ हप्ता अगाडि
२ हप्ता अगाडि