यतिले पायो अन्तराष्ट्रिय उडानको अनुमति

यतिले पायो अन्तराष्ट्रिय उडानको अनुमति

निजी क्षेत्रबाट सञ्चालित वायु सेवाप्रदायक कम्पनी यति एयरलाइन्सले अन्तराष्ट्रिय उडानको अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले बिहीबार यतिलाई अन्तराष्ट्रिय उडानको अनुमति दिएको हो ।

कम्पनीले ननसेड्यूल तथा चार्टर्ड उडान गर्न सक्ने गरी अन्तराष्ट्रिय उडानको अनुमति पाएको हो ।

एटीआर ७२ जहाजहरु भएको यतिले अन्तराष्ट्रिय उडानको अनुमति पाएसँगै नेपालबाट अन्तराष्ट्रिय उडानको अनुमति पाउने वायुसेवा कम्पनीको संख्या ५ पुगेको छ । नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, बुद्ध एयर र श्री एयरलाइन्सले यसअघि नै अनुमति पाईसकेका छन् ।

[email-subscribers-form id="2"]
TOP