नाफासँगै बढ्यो फर्स्ट माइक्रोफाइनान्सको ईपीएस

नाफासँगै बढ्यो फर्स्ट माइक्रोफाइनान्सको ईपीएस

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममाको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै बढेको छ।
चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १० करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ३८.११ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ७ करोड ५६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो। समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ५०.०४ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४५.११ प्रतिशत बढेको छ। सो अवधिसम्ममा लघुवित्तको वितरणयोग्य मुनाफा ६ करोड ९६ लाख रुपैयाँ रहेको छ।

नाफासँगै लघुवित्तको ईपीएस पनि बढेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा १७ रुपैयाँ २५ पैसा रहेको लघुवित्तको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ४ रुपैयाँ ४१ पैसा बढेर २१ रुपैयाँ ६६ पैसा पुगेको छ।

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा लघुवित्तको चुक्ता पूँजी १० प्रतिशत बढेको छ भने जगेडा कोष ५.०३ प्रतिशत बढेको छ। त्यसैगरी, समीक्षा अवधिमा लघुवित्तको सापटी १०.७७ प्रतिशत बढेको छ भने कर्जा २०.७५ प्रतिशत बढेको छ।

[email-subscribers-form id="2"]
TOP