प्रि ओपन सेसन अपडेटः साढे ५ अंक बढ्यो नेप्से

प्रि ओपन सेसन अपडेटः साढे ५ अंक बढ्यो नेप्से


मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे ५ अंक बढेको छ।
अघिल्लो कारोबार दिन अर्थात सोमबार २०.६९ अंक बढेर २९४७.४४ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ५.६७ अंक बढेर २९५३.११ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स १.९१ अंक बढेको छ।

मंगलबार प्रि ओपन सेसनमा १५ कम्पनीको २७ लाख ४४ हजार ७१३ रुपैयाँ ८० पैसा बराबरको ४ हजार ६२७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ७ कम्पनीको शेयरमूल्य बढेको छ भने ३ कम्पनीको शेयरमूल्य घटेको छ। बाँकी ५ कम्पनीको शेयरमूल्य सो सेसनमा स्थिर रहेको छ।

[email-subscribers-form id="2"]
TOP