नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश घोषणा

नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश घोषणा

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये बैंकले ११.२४ प्रतिशत बोनस शेयर र बोनस शेयर तथा नगद लाभांशको कर प्रयोजनको लागि समेत गरी ४.७६ प्रतिशत नगद लाभांश वितरण गर्नेछ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुमा वितरण गरिनेछ।

असोज १७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

[email-subscribers-form id="2"]
TOP