गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त गर्न सिफारिस

गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुख पदमुक्त गर्न सिफारिस

काठमाडौं । सरकारले गण्डकी र सुदूरपश्चिम प्रदेश प्रमुखलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

बालुवाटारमा जारी बैठकले गण्डकी प्रदेश प्रमुख अमिक शेरचन र सुदूरपश्चिम प्रदेश प्रमुख शर्मिला पन्तलाई पदमुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको स्रोतले बतायो ।

उनीहरू दुवैजना माओवादी केन्द्रनिकट हुन् ।

त्यसैगरी मन्त्रीपरिषदको बैठकमा गण्डकीमा सीता पौडेल र सुदूरपश्चिममा गंगाप्रसाद यादवलाई नियुक्ती गरीदिन राष्ट्रपतिसमक्ष सिफारिस गरिएको छ।

[email-subscribers-form id="2"]
TOP