माछापुच्छ्रे बैंक २१औँ वर्षमा प्रवेश,नयाँ ६ वटा ग्राहक लक्षित योजना सार्वजनिक

माछापुच्छ्रे बैंक २१औँ वर्षमा प्रवेश,नयाँ ६ वटा ग्राहक लक्षित योजना सार्वजनिक

काठमाडौं । माछापुच्छ्रे बैंक स्थापनाको २१ औँवर्षमा प्रवेश गरेको छ । बैंकले वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहक लक्षित विभिन्न नयाँ ६ वटा स्मार्ट सेवा तथा योजना एकैसाथ संचालनमा ल्याएको छ । ग्राहकलाई स्तरीय डिजिटल सेवा प्रदान गर्न स्मार्ट बैंकको रुपमा उभिएको दावी गरेको छ ।

बैंकले नेपालमा नै पहिलो पटक वी च्याट वालेटको भुक्तानी सेवा सञ्चालनमा ल्याएको छ । त्यस्तै, बैंकले क्युआर कोड स्क्यान गरी आफ्नो खाताबाट नगद निकाल्न सक्ने गरी एमबिएल स्मार्ट काउण्टरको पनि सुरुवात गरेको छ । यसका साथै बैंकले आफ्नो नयाँ स्मार्ट वेवसाईट पनि आजैबाट सुरुवात गरेको छ । स्मार्ट वेवसाईटमार्फत बचत खाता खोल्न र क्रेडिट कार्डको अनलाईन आवेदन दिन सकिने बैंकले जनाएको छ ।

बैंकले २० औ वार्षिकोत्सवको उपलक्ष्यमा ग्राहक लक्षित विभिन्न २०–२० ९ट्वेन्टी–ट्वेन्टी० अफरहरु संचालनमा ल्याएको छ । यस्तै, बैंकले दरबारमार्ग र लाजिम्पाटमा ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै प्रायोरिटी काउन्टर पनि संचालनमा ल्याउन लागेको जानकारी दिएको छ ।

बैंकले वार्षिकोत्सवको पूर्वसन्ध्यामा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिकामा १६० औँ शाखा कार्यालय समेत संचालनमा ल्याएको छ ।

बैंकले १६० वटा शाखाहरु, १३३ शाखारहित बैकिङ्ग सेवा, ५ वटा एक्सटेन्सन मार्फत सेवा दिदै आइरहेको छ ।

[email-subscribers-form id="2"]
TOP