गोविन्द भट्टराईको कार्ल मार्क्सको कसम : कृति सार्वजनिक

गोविन्द भट्टराईको  कार्ल मार्क्सको  कसम : कृति सार्वजनिक

काठामाडौं । लेखक गोविन्द भट्टराईको तेस्रो कृति कार्ल मार्क्सको कसम आज सार्वजनिक भएको छ । नेपाली खेलकुदको विकासका लागि अहोरात्र खटीने भट्टराई यातायात, मोटर, गााडी र सडक सुरक्षामा विशेष चासो राख्छन् । ‘केही विकासका कुरा, केही निकासका कुरा’ भनि नामाकरण गरीएको पूस्तकमा न्युट्रल पोजिसनदेखि ब्याक गियरसम्मका पाठकलाई तान्ने खुराक छन् । पुस्तकका अध्यायहरुलाई पहिलो गियर, दोश्रो गियर आदि नाम राखेर तयार पारिएको यो कालजायी कृतिको आज लोकार्पण गरिएको हो ।

राजधानीमा आज आयोजित पुस्तक सार्वजनिक तथा अन्र्तसम्बाद कार्यक्रममा प्रमुख अतिथि नेकपा एमालेका नेता तथा पूर्व पर्यटन मन्त्री योगेश भट्टराईले यो पठनीय पुस्तक कार्ल माक्र्सको सकम सार्वजनिक गरेका थिए । पुस्तक विमोचन कार्यक्रममा पूर्व गर्भनर चिरञ्जिवी नेपाल, नेपाल सरकारका पूर्व मुख्य सचिव लिलामणी पौडेल, पूर्व आई जि सर्वेन्द्र खनाललगायतका अतिथिहरुको उपस्थिती थियो ।

कार्यक्रमलाई नेपाल खेलकुद महासंघका निवर्तमान अध्यक्ष एवम् नेकपा एमालेका नेता रमेश पौडेलले संचालन गरेका थिए ।

कार्यक्रममा बोल्दै लेखक भट्राईले यो पुस्तक उनको सडक र यातायात व्यवस्थापनमा त्यसैगरी दिगो शहरी विकास र सडक सुरक्षासम्बन्धी अनुभवहरुको संगालो भएको बताए । यसलाई नासा फाण्डेसन, नेपालले प्रकाशीत गरेको हो ।

[email-subscribers-form id="2"]
TOP