अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले बार्षिक साधारणसभा आब्हान

अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले बार्षिक साधारणसभा आब्हान

अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले बार्षिक साधारणसभा आब्हान गरेको छ। कम्पनीको यहि असोज १ गते बसेको संचालक समितिको बैठकले आफ्नो पाँचौं बार्षिक साधारणसभा यहि असोज २४ गतेको लागि आब्हान गरेको हो।

आर्थिक बर्ष २०७७-०७८ को बार्षिक प्रतिवेदन अनुमोदन गरि पारित गर्ने, बार्षिक वित्तीय बिवरण स्वीकृत गर्ने , लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक तोक्ने, नयाँ संचालक समिति गठन गर्ने जस्ता प्रस्तावहरु साधारणसभाका साधारण प्रस्तावमा समावेश छन्।

त्यस्तै कम्पनीको बिशेष प्रस्तावमा कम्पनीको जारी र अधिकृत पुंजी वृद्धि गर्ने, सर्वसाधारणमा साधारण सेयर निष्काशन गर्ने र सो अनुकुल प्रबन्ध तथा नियमावली संसोधन गर्ने, लगायतका प्रस्तावहरु रहेका छन्।

अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले २.४ मेगावाट जलविद्युत् आयोजनाको शेयर निष्काशनका लागि सिद्धार्थ क्यापिटल लिमिटेडलाई बिक्रीप्रबन्धकको रुपमा नियुक्त गरेको छ। उक्त परियोजना लमजुङ्ग जिल्लाको मस्र्याङदी गाउँपालिकामा अवस्थित छ। यस परियोजनामा कृति भेन्चर फण्ड, भेष्ना भेन्चर फण्ड र व्यक्तिगत लगानिकर्ताहरुले लगानि गरेका छन्।

[email-subscribers-form id="2"]
TOP