धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश पूर्वाधार विकास कार्यक्रमका लागि ९६ करोड बजेट विनियोजन गरिएको छ । सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षतर्फ ३२ जना प्रदेश सभा सदस्यहरु छन् । एक जना प्रदेशसभा सदस्यलाई ३ करोडका दरले प्रदेश सरकारले बजेट विनियोजन गरेको हो । कार्यक्रमकको रकम प्रदेश सभा सदस्यहरुले छनोट गरेका क्षेत्रमा खर्च हुँदै आएको छ ।
यसैगरी सुदूरपश्चिम प्रदेश सरकारले कोभिडलगायतका महामारी नियन्त्रणका लागि ९० करोड विनियोजन गरेको छ । मंगलबार आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले आगामी अर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो घोषणा गरेका हुन् ।
उनका अनुसार आगामी आर्थिक बर्षलाई अस्पताल स्तरोन्नती तथा सेवा सुधार बर्षका रुपमा कार्यान्वयन गरिने छ । उक्त कार्यक्रमका लागि २ अर्ब ४२ करोड ५८ लाख विनियोजन गरिएको मन्त्री शाहले उल्लेख गरे ।
त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारले बजेट बक्तब्यमार्फत पत्रकार स्वास्थ्य सुरक्षा कोषका लागि ४० लाख उपलब्ध गराउने घोषणा गरेको छ ।
संघीय सरकारसहित केही प्रदेश सरकारले पूर्वाधार विकास साझेदारी कार्यक्रम खारेज गरेका बेला सुदूरपश्चिम प्रदेशमा भने प्रदेश पूर्वाधार विकास कार्यक्रमलाई निरन्तरता दिइएको छ । मंगलबार आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर शाहले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।
५ वर्ष अगाडि
५ वर्ष अगाडि
६ वर्ष अगाडि
४ दिन अगाडि
४ दिन अगाडि
७ दिन अगाडि
५ वर्ष अगाडि
५ वर्ष अगाडि
६ वर्ष अगाडि
४ दिन अगाडि
७ दिन अगाडि
४ दिन अगाडि