राष्ट्रिय मानव अधिकार आयोगले आयोगमा कार्यरत सहसचिव डा.टिकाराम पोखरेललाई प्रवक्ताको जिम्मेवारी सुम्पीएको छ । आयोग पदाधिकारी विहीन अवस्थामा रहेको बेला उहाँलाई आयोगका सचिव वेदप्रसाद भट्टराईले प्रवक्ता तोक्नुभएको हो ।
उहाँ यसअघी आयोगको प्रशासन, योजना र आर्थिक विभागको जिम्मेवारीमा समेत रहनुभएको थियो ।
। नियूक्ती पछि कारोबारपोष्टसंग संक्षीप्त कुराकानी गर्दै उहाँले आयोगले आफूलाई सुम्पीएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न कुनै कसर बांकी नराख्ने बताउनु भएको छ ।
उहाँले भन्नु भयो ”आयोगको सूचना प्रणाली र आधिकारिक धारणा मिडिया र सरोकालवालाहरु समक्ष पुर्याउने कामलाई ब्यवस्थीत गर्ने छु । यसमा म प्रतिवद्ध छु ।”
२०५९ पुस २३ गतेबाट अधिकृत स्तरबाट आयोगमा जिम्मेवारी पाउनुभएका दोलखा निवासी डा. पोखरेलले यसअघि आयोगको क्षेत्रीय कार्यालय धनगढी र पोखराको क्षेत्रीय प्रमुखको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।
आयोगले सिफारिस गरेको प्रतिवेदनको कार्यान्वयन पक्ष फितलो भएकाबेला नागरिक तथा मिडियासँगको सहकार्यमा सरकारलाई झकझक्याउनुको विकल्प नरहेको प्रवक्ता पोखरेलको भनाई छ ।
नागरिकलाई मानवअधिकारबारे अनुभूत गराउनेगरी काम गर्न सबै तहसँगको सहकार्य र समन्वय जरुरी रहेको पनि नवनियुक्त प्रवक्ता डा. पोखरेलले बताउनुभयो ।
५ वर्ष अगाडि
५ वर्ष अगाडि
६ वर्ष अगाडि
२ हप्ता अगाडि
३ हप्ता अगाडि
३ हप्ता अगाडि