
[email-subscribers-form id="2"]
काठमाडौं । नेको इन्स्योरेन्सले असोज २० गतेदेखि १० लाख कित्ता बढी संस्थापक शेयर लिलाम गर्ने भएको छ । कम्पनीले संस्थापक समुहको १० लाख ७० हजार २ सय ६ दशमलव ८४ कित्ता शेयर लिलाम गर्न लागेको हो ।
यस लिलाममा हाल कायम संस्थापक शेयर , फर्म , कम्पनी तथा संगठित संस्थाले आवेदन दिन सक्ने छन् । आवेदन दिनको लागि कार्तिक ४ गतेसम्मको समय तोकिएको छ ।
कम्पनी यी शेयरको मूल्य प्रति कित्ता ३९५ कायम गरेकोले इच्छुक लगानीकर्ताले सो भन्दा बढी रकम उल्लेख गरी बोलपत्र पेश गर्नु पर्ने छ । आवेदन दिँदा न्युनतम ५ हजार कित्ताको लागि दिनु पर्ने छ । शेयर लिलाम प्रक्रियाको लागि सनराइज क्यापिटल बिक्रि प्रबन्धक रहेको छ ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
४ महिना अगाडि
४ महिना अगाडि
३ वर्ष अगाडि