
काठमाडौं । सरकारले आजदेखि दशैँ, तिहार र छठलगायतका पर्वलाई लक्षित गरेर सुपथ मूल्य पसल सञ्चालनमा ल्याएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका देशभरका रहेका कार्यालय, डिपो, डिलरहरुका साथै घुम्ती सेवा पसल संचालनमा ल्याएका हुन् । अनलाइन मार्फत् पनि किनमेल गर्न सकिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
सुपथ पसल उपत्यकाका कालिमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुङगल, ललितपुर, थापाथली, नख्खु, प्रयागपोखरी, जावालाखेल, भक्तपुरका साथै घुम्ती सेवा पसल सञ्चालनमा आएका छन् ।
अनलाइन मार्फत उपत्यका सहित अन्य ४९ स्थानहरुबाट र दुग्ध विकास संस्थानका आउटलेटहरु लैनचौर, न्यूरोड, खुमलटारका साथै तोकिएका अन्य स्थानहरुबाट ६ मंसिर २०७७ को भोलिपल्टसम्म दैनिक उपभोग्य खाद्य वस्तुहरु सहुलियत मूल्यमा बिक्री वितरण हुनेछन्।
सुपथ पसलमा उपभोक्ताले सरल, सहज एवम् सहुलियत मूल्यमा दैनिक उपभोग्य अत्यावश्यक खाद्य वस्तुहरु चामल, चिनी, नून, सिमी, दाल, खसी÷च्याङ्ग्रा लगायतमा छुट पाउने छन् ।
उपभोक्ताहरुले नून प्रति किलो १८ रुपैयाँ, चिनी प्रतिकिलो ७० रुपैयाँ, घ्यु ८७० रुपैयाँमा किन्न सक्ने छन्। त्यस्तै चामलमा ५ रुपैयाँ छुट दिइएको छ।
खसीबोकारच्याङ्ग्रामा १० रुपैयाँ, दालमा ५ रुपैयाँ, सिमी लगायत गेडागुडी १० रुपैयाँ र फापर तथा केराउमा ५ रुपैयाँ प्रतिकिलो छुट दिने निर्णय गरिएको छ।
चाडपर्वमा उपभोक्तालाई थोरै भए पनि मूल्यमा राहत दिने उद्देश्यले सरकारले हरेक वर्ष यस्ता सहुलियत मूल्य पसल सञ्चालन गर्ने गरेको छ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
५ महिना अगाडि
५ महिना अगाडि
३ वर्ष अगाडि