
काठमाडौं । समाजसेवी तथा नेकपाका रामेछाप नगरपालिकाका नेता नरेशबाबु श्रेष्ठको पहलमा विगत एक महिनादेखि राहत वितरणको काम गरिएको छ ।
विशेषगरी रामेछाप नगरपालिकाबाट राजधानीमा आएर बसेका ज्यालादारी मजदुर र विदार्थीलाई लक्षित गरी राहत वितरण शुरु गरिएको भएपनि रामेछाप भरीका वास्तविक समस्यामा परेकाहरुलाई सहयोग गरिएको उनले बताए ।
“सरकारले वितरण गरेको राहात सही वास्तविक पीडितकहाँ नपुगेको एकदुई प्रमाण देखें । यो देखेपछि वास्तविक ज्यालादारी मजदुरहरु भोकै पर्ने भयो भन्ने चिन्ता लाग्यो । धेरै गर्न त सकिदैन तर कम्तीमा आफ्नो नगरपालिकाबाट राधानी आएर बसेकाहरुको वास्तविक समस्यामा परेकाहरुलाई सहयोग गर्नै पर्छ भन्ने लाग्यो । त्यसपछि मैले रामेछान नगरपालीकाकै साथीहरु उज्जन कुमार श्रेष्ठ, रमेश रोकाय, सीता केसीसँग कुरा गरें । उहाँहरुले पनि मेरो कुरा स्वीकार गर्नुयो । हामीले फेसबुकमा पोष्ट गरेउ । त्यसपछि सयौंको संख्यामा समस्यामा परेका नगरबासीहरु सम्पर्कमा आउनुभयो । स्थिति विकराल रैछ । अहिले मेराे नेतृत्वमा हाम्राे यो टिमले सकेको सहयोग गरिरहेको छ ।” उनकाे भनाई थियो ।
हामीले सम्पर्कमा आउनुभएका मध्ये पनि अलि बढी समस्या देखिएका परिवारलाई जिरामसिना चामल एक बोरासहित दाल, नुन र तेलगरी सहयोग गरेको छौं । हामीले आफ्नै गाडिमा राहात पीडितहरुको कोठा-कोठा पुगेर दिएका छौं । उनले भने, “शुरुमा रामेछाप नगरपालिकाभित्रकालाई मात्र गरिने भनियो तर गर्दै जादा अन्य पालिकाका परिवारहरु पनि सम्पर्कमा आउनुभयो । त्युसपछि हाम्रो क्षमताका सीमाका कारण अति समस्यामा परेका परिवारको पहिचान गरेर राहत वितरण गरिएको छ । शुरु गरेदेखि आजसम्म १७५ परिवारलाई जिरामसिना चामल एकबोरा र त्यसमा दाल, नुन, तेल, लालु, प्याजहरु गरेर सहयोग गरेका छौं । यो काम जारी नै छ । कति सकिन्छ गर्दै जाउँ ।” आ-आफ्नो ठाउँबाट सबैले गरियो भने यस्तो संकटको बेला ठूलो सहयोग हुने उनले बताए ।
लकडाउनको समय बढ्दै जाँदा र सरकारको राहत कार्यक्रम प्रभावकारी बन्न नसक्दा ज्यालादारी मजदुर, अपांग, दृष्टिविहिन र विद्यार्थीहरु सबैभन्दा धेरै प्रभावित बनेका छन् । तर सरकारले राहतभन्दा गफ बढी गरेको आम नागरिकको गुनासो रहदै आएको छ ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
५ महिना अगाडि
५ महिना अगाडि
३ वर्ष अगाडि