
रामेछाप । नेकपाका युवा नेता रामबहादुर तामाङले दुई प्रकारको शिक्षा प्रणाली खारेज गर्नुपर्ने धारणा राख्नुभएको छ । उहाले देश नयाँ संरचनामा गैसक्दा पनि शिक्षा प्रणाली पुरानै रहेको बताउँदै सबैले समान शिक्षा पाउनुपर्ने बताउनुभएको हो ।
रामेछापको फुलासीस्थित श्री हरीसिद्धी माध्यामिक विद्यालयको कक्षा १० अध्ययनरत विद्यार्थीहरुलाई विधाई कार्यक्रममा बोल्दै उहाँले १० वर्षभित्र सघोरकारले शिक्षालाई सम्पूर्ण रुपमा सरकारीकरण गर्ने घोषणा गरेको स्मरण गराउँदै सबैले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमै पढाउनुपर्ने बताउनुभयो ।
‘सामुदायिक विद्यायलमा २५ देखि ४० हजारसम्म मासिक तलब खाने शिक्षकहरु हुनुहुन्छ । उहाँहरुको पेन्सन पनि हुन्छ । सेवासुविधा पनि धेरै छ । प्राइभेट विद्यायमा थोरै तलव र थोरै सेवा सुविधामा पढाउने शिक्षकहरु छन् । तर प्राइभेट स्कुलमा पढ्ने विद्यार्थी चाहिँ राम्रो हुने, उनीहरुको शिक्षा पनि गुणस्तरीय हुने तर सामुदायिकमा पढ्ने विद्यार्थी चाहिँ राम्रोसँग अङ्ग्रेजीसम्म बोल्न नसक्ने ? यो किन भैरहेको छ ।’ उहाँले प्रश्न गर्नुभयो । उहाँले भन्नुभयो, ‘यस्तो परिस्थितिको आजैकै मितिबाट अन्त्य हुनुपर्छ । यो वर्ष एसईई दिन जाने विद्यार्थीको संख्या १० जना छ । उहाँहरु सबैलाई ए ग्रेड ल्याउन हुनेछ भन्ने विस्वास सहित शुभकाना दिन चाहन्छु । त्यसैगरी अर्को शैक्षिक सत्रमा यसलाई विद्यार्थीको यो संख्या दश गुणा बढाएर एसईई दिन जाने विद्यार्थीको संख्या सय जना पुर्याउनुहुनेछ भन्ने शुभकामना पनि दिन चाहन्छु ।’
उहाँले शैक्षिक सुधारका लागि तीन खम्बे नीति अपनाउनुपर्ने सुझाव पनि दिनुभयो । ‘सरकाले अर्थचन्त्रको विकासका लागि तीन खम्बे नीति अपनाएको छ । नीति, सरकारी र सहकारी । यो ओदानको दिन खम्बा भनेजस्तै हो । एउटा मात्रै खम्बा डल्यो भने पनि ओदान डल्छ । त्यसैगरी अर्थतन्त्रको यी तीन खम्बामध्ये एक डल्यो भने अर्थतन्त्र डामाडोल हुन्छ । शिक्षामा पनि तीन खम्बे नीति आपनाउन आवश्यक छ । त्यो भनेको विद्यालय विव्यवस्थापन समिति, शिक्षक शिक्षिका र अभिवावक । यो तीन पक्ष ओदानजस्तै बन्न पर्छ । यो तिनै पक्षबीच सहकार्य हुन सकेन भने शिक्षामा सुधार गर्न सकिंदैन । यो तीन पक्षबीच कार्य सम्पादन हुन सकेन भने विद्यालयको शैक्षिक गुणस्तरदेखि लिएर, विद्यार्थीको संख्या वृ.िद्ध गर्ने काममा पनि सुधार हुँदैन । त्यसकारण यो तीन खम्बे नीति अपनाउनु जरुरी छ । यो नीति अपनाइयो भने आफ्ना छोराछोरी निजी विद्यालयमा धेरै खर्च गरेर पढाइराखेका अभिभावकले पनि सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गर्न ल्याउने परिस्थिति बन्छ ।’ उहाँको भनाइ थियो ।
‘विद्यालयभित्र विद्यार्थी मैत्री वातावरण निर्माण गर्ने, खेल मैदान, ल्याव, शौचलनय, कक्षाकोठा र खानेपानीको राम्रो व्यवस्था हुनुपर्यो । शिक्षक, व्यवस्थापन समिति र अभिभावकका काम कर्तव्यबारे पनि प्रष्ट व्यवस्था हुनुपर्यो ।’ उहाँले भन्नुभयो, ‘त्यो भैसकेपछि भोदि देखि नै सुधार देखिन थाल्छ । यो कुरा भोलिदेखि नै यस विद्यालयमा लागु हुनेगरी काम गर्न म सम्बन्धित पक्षलाई अनुरोध गर्दछु । हामीले प्रयास गर्ने हो भने, सरकारले १० वर्ष भनेको छ निजी विद्यालय खारेज गर्ने अवधि । त्यति लामो समय कुर्नै पर्दैन ।’
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्ध लाल तामाङले कार्यक्रमको सभापतित्व गर्नुभएको थियो । मन्थली नगर शिक्षा इकाइका अधिकृत सौभाग्य न्यौपाने, पूर्व प्रअ विष्णु काफ्ले र युवा नेता उद्योगी राजेन्द्र अधिकारी, जान सिं अधिकारीको पनि उपस्थिति थियो ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
५ महिना अगाडि
५ महिना अगाडि
३ वर्ष अगाडि