बालाजु संरक्षण समितिद्वारा समाजसेवीहरु सम्मानित (फोटो फिचर)

बालाजु संरक्षण समितिद्वारा समाजसेवीहरु सम्मानित (फोटो फिचर)

काठमाडौं । बलाजु संरक्षण समितिले विगत दुई वर्षदेखि यसै स्थापनमा निशुल्क खाना खुवाउँदै आएको छ । समितिका अध्यक्ष शान्जे गुरुङका अनुसार प्रत्येक शनिवार १५० देखि २०० सम्म खाना खानेहरु सहभागी हुने गरेको बताउनुभयो । विशेषगरी, असहाय, गरिब, वृद्ध र सडक बालबालिकहरु खाना आउने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘अन्न दान महादान हो । हामीले दुईवर्षदेखि हरेक शनिबार यसै मन्दिरमा निशुल्क खाना खुवाउँदै आएका छौं । हरेक शनिबार यसरी खाना खुवाउँदा १० देखि १५ हजार खर्च हुन्छ । हामीलाई थुप्रै समाजसेवी तथा धार्मिक व्यक्तित्वहरुले यसका लागि सहयोग गर्दै आउनुभएको छ । ‘

कार्यक्रममा सम्मानित हुनुभएका समाजसेवी तथा मिडियाकर्मी भक्त राईले कारोबार पोष्टसँग कुरा गर्दै बालाजु संरक्षण समितिले गरेको अन्न दान कार्य प्रशंसनीय रहेको बताउँदै आफुले यस पुण्य काममा निरन्तर सक्दो सहयोग गर्दै आएको र सहयोग गरिरहने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

कार्यक्रममा करिब २३ जना समाजसेवीहरुलाई सम्मान गरिएको थियो । बाइसधारा युवा क्लवका अध्यक्ष गौतम कुमार प्रजापति कार्यक्रकको प्रमुख अथिति हुनुहुन्थ्यो । त्यसैगरी विशेष अतिथिका रुपमा शान्ता कुमारी तामाङले यस समितिले गरेको कामले आफुलाई धेसै खुसी लागेको र निरन्तर आर्थिक, नैतिक, भौतिक सहयोग गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।

कार्यक्रमा बालाजु संरक्षण समितिद्वारा सम्मानित हुनुभएका समाजसेवीहरु

२. प्रकाश कुवँर
३. सक्षम घिमिरे
४. मणिकुमार राई
५. विजय पुतुवार
६. शंकर ढङ्गोल
७.डा. अमित सिंह कार्की
८. किसनराज सिंह
९. महेशजङ्ग कुवँर
१०. बसन्त गुरुङ्ग
११. रमेश अधिकारी (अध्यक्ष नयाँबजार टाउन प्लानिङ सामाजिक सघं)
१२. भगवान थापा –अध्यक्ष नयाँबजार सामाजिक युवा क्लब
१३. गोविन्द कार्की
१४. सरस्वती बन्जारा
१५. देव कुमारी घिमिरे
१६. लालमायाँ गुरुङ
१७. गोपाल श्रेष्ठ
१८. कृष्णलाल श्रेष्ठ
१९. राजेश्वरी श्रेष्ठ२०. भक्तमान श्रेष्ठ
२१. आर. बी ठकुरी
२२.राम के.सी
२३. राजन दाहाल

[email-subscribers-form id="2"]
TOP