वास्तविक किसानको साथी संजीवनी महिला कृषि सहकारी

वास्तविक किसानको साथी संजीवनी महिला कृषि सहकारी

काठमाडौं । प्रतिनिधिसभा सदस्य अन्जना विशंखेले केही रकमको लागि अर्काको काम गर्न भौतारिनु भन्दा कृषि पेशा अबलम्बन गरी इज्जतका साथ आम्दानी गर्न सबैलाई आग्रह गर्नुभएको छ ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर ८ स्थित संजीवनी महिला कृषि सहकारीको छैठौं बार्षिक साधारण सभामा सांसद विशंखेले अन्यत्रबाट आएका व्यक्तिहरुले चन्द्रागिरिमा कृषि गरिरहेको तर, यहाँका व्यक्तिहरु जग्गा भाडामा दिएर कामको खोजीमा भौतारेर हिडिरहेको उल्लेख गर्नुभयो । उहाँले नगरभित्र १४१ वटा सहकारी रहेको र महिलाहरुकै नेतृत्वमा संचालनमा रहेको सहकारी एउटै मात्र भएकोले आफु पनि यो सहकारीको सदस्य बनेर संस्थालाई अघि बढाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

अखिल नेपाल किसान महासंघका केन्द्रीय सदस्य तथा काठमाडौं जिल्लाका सह–इन्चार्ज पार्वती चापागाँईले अहिलेको अवस्थामा निर्वाहमुखि किसानलाई नेतृत्व वर्गले हेर्ने दृष्टिकोण फरक भएकोले बास्तविक किसानको अस्तित्व नै संकटमा पर्ने खतरा बढ्दै गएको उल्लेख गर्नुभयो । उहाँले कृषिमा यान्त्रीकरण, व्यवसायिकरण, औद्योगिकरण गर्दैगर्दा बढी फाइदा किसानलाई पुग्छ कि विचौलीयालाई यो ध्यानमा राखेर अघि बढ्न पनि सरकारको ध्यानाकर्षण गराउनु भयो । म किसान हुँ भनेर गौरब गर्ने खालको वातावरण सरकार र नेतृत्व वर्गले बनाउन नसकेको भन्दै उहाँले दुःख व्यक्त गर्नुभयो ।

सह–इन्चार्ज चापागाँईले संजिवनी महिला कृषि सहकारी अन्य सहकारी भन्दा फरक रहेको उल्लेख गर्नुभयो । उहाँले देशैभरी महिलाले मात्र नेतृत्व गरेको सहकारी कमै हुने गरेको उल्लेख गर्दै यो सहकारीले वास्तविक किसानको मर्मलाई बुझ्न सफल भएको समेत उल्लेख गर्नुभयो ।

संजिवनी महिला कृषि सहकारीका अध्यक्ष पूजा नेपालले जुन उद्देश्यले सहकारी खोलिएको थियो त्यो क्रमिकरुपमा पुरा हुँदै गएको उल्लेख गर्नुभयो । उहाँले सहकारीकै कारण महिलाहरुको क्षमताबृद्धि र जीवनस्तर क्रमिकरुपमा सुधार हुँदै गएको बताउनु भयो । अध्यक्ष नेपालले महिलाले नेतृत्व गरेको सहकारी अन्य सहकारी भन्दा कम नभएको दाबी गर्नुभयो ।

साधारणसभाबाट पूजा नेपालको अध्यक्षतामा ९ सदस्यीय संचालक समिति, लेखा सुपरिवेक्षण समिति, ऋण उपसमिति, शिक्षा समिति, कृषि समितिसमेत गठन भएको थियो ।

संचालक समितिका पदाधिकारीहरु

अध्यक्षः पूजा नेपाल
उपाध्यक्षः सुनमाया श्रेष्ठ
सचिवः पम्फा श्रेष्ठ
कोषाध्यक्षः ज्योति पौडेल
सदस्यः सावित्री श्रेष्ठ
सदस्यः माया सुर्खेती
सदस्यः गीता पन्थ
सदस्यः भवानी भण्डारी
सदस्यः सीता खबास

Baixar My APK 

[email-subscribers-form id="2"]
TOP