गिरिलाई दैनिक कामचलाउको अधिकार दिन मन्त्रालयको चर्को दबाव

गिरिलाई दैनिक कामचलाउको अधिकार दिन मन्त्रालयको चर्को दबाव

नेपाल धितोपत्र बोर्ड सञ्चालक समितिले नीरज गिरिलाई दैनिक काम चलाउने अधिकार नदिएपछि मन्त्रालयले चर्को दबाब दिन थालेको छ।

धितोपत्र बोर्डका अध्यक्ष निलम्बनमा परेपछि अर्थ मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै बोर्डका कार्यकारी निर्देशक नीरज गिरिलाई दैनिक काम चलाउको जिम्मेवारी सुम्पिएको थियो।

उनलाई कानुन विपरीत जिम्मेवारी दिएको भन्दै बोर्ड सञ्चालक समिति बैठकले गिरिलाई दिएको जिम्मेवारी स्वीकार गरेन।

अदालतले नेपाल सरकारले गर्ने निर्णय मन्त्रीपरिषदबाट हुनु पर्ने भन्दै आएको छ। तर गिरिलाई मन्त्री स्तरबाटै जिम्मेवारी दिइएकोले विधि सम्वत नभएको भन्दै बोर्ड सञ्चालकले गिरिलाई दिएको जिम्मेवारी स्वीकार्न नसकिने भनेको थियो।

बोर्ड सञ्चालकले सम्मानित अदालतको आदेश बर्खिलाप हुनेगरी जिम्मेवारी दिन नसकिने भन्दै अदालतको सम्मान गर्नु पर्ने जिकिर गरेको थियो। बोर्ड सञ्चालक समितिले गिरिलाई दिएको जिम्मेवारी स्वीकार नगरेपछि गिरिले अझै काम गरेका छैनन्।

मन्त्रालयले भने निर्देशन नमानेको भन्दै बोर्ड सञ्चालकसँग असन्तुष्टि जनाउँदै आएको छ। उसले आफूले दिएको निर्देशन कार्यान्वयनमा लानै पर्ने भन्दै दबाव दिँदै आएको छ। माथिल्लो स्तरबाटै चर्को दबाब आएपछि बोर्ड सञ्चालक समेत दबाव थेग्न नसक्ने जस्तै अवस्थामा पुगेका छन्। मन्त्रालयको चर्को दबाब पछि आइतबार पुनस् सञ्चालक समिति बैठक बोलाइएको छ।

आइतबारको बैठकले गिरिलाई केही अधिकार दिन सक्ने धितोपत्र स्रोतको भनाई छ। “गिरिलाई मन्त्री स्तरबाट जिम्मेवारी दिएको पत्र आएपछि सञ्चालक समिति बैठक बस्यो।

पहिलो बैठकले अदालतको आदेश बर्खिलाप हुने भन्दै उक्त जिम्मेवारी स्वीकार गरेन। तर मन्त्रालयको चर्को दबाबपछि आइतबार पुनस् सञ्चालक समिति बैठक डाकिएको छ। आज गिरिलाई केही अधिकार दिने तयारी सञ्चालक समितिको रहेको बुझिएको छ । ”

[email-subscribers-form id="2"]
TOP