बेदुराम भुसाल एकीकृत समाजवादीको महासचिव बन्दै

बेदुराम भुसाल एकीकृत समाजवादीको महासचिव बन्दै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव बेदुराम भुसाल बन्ने भएका छन् । भुसाललाई महासचिव बनाउने प्रस्ताव आजको केन्द्रीय कमिटीमा लैजाने एक नेताले बताए ।

उनका अनुसार आजको केन्द्रीय कमिटी बैठकले भुसाललाई महासचिवमा चयन गर्नेछ । पार्टी गठन भएपछि भुसाललाई दैनिक कार्य सञ्चालन गर्नेगरी महासचिव सरहको जिम्मेवारी दिइएको थियो ।
एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक अर्पण ब्याङक्वेटमा राखिएको छ । महासचिवमा नेताहरु राजेन्द्र पाण्डे, डा। विजय पौडेललगायतले दाबी गरेका थिए ।

त्यस्तै आजको बैठकले केन्द्रीय कमिटी, पोलिटब्यूरोलगायत कमिटी विस्तार गर्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।

[email-subscribers-form id="2"]
TOP