
काठमाडौं । नेपाल समाजवादी कांग्रेसका उपाध्यक्ष महेशमान सिंह डंगोलले धर्मनिरपेक्षता खारेज गरेर सनातन हिन्दु राज्यको कायम हुनुपर्ने बताएका छन् । पृथ्वीनारायाण शाहको २९९ औं जन्मजयन्तिको उपलक्ष्यमा राजधानीमा समाजवादी कांग्रेसद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले जातीय आधारमा मुलुकलाई विभाजित गर्न नहुने तर्क गरे ।
संघीयता र गणतन्त्रले नेपालीबीच फाटो ल्याएकाले यो खारेज भएमात्र राष्ट्रियताको रक्षा हुने र देश समृद्ध बन्ने उनको मत थियो ।
नेपाली कांग्रेस, नेपाली कांग्रेस विपी हुँदै नेपाल समाजवादी काग्रेसको राजनीति शुरु गरेका सिंहले अरु कांग्रेसले बाटो विराएकाले आफु समाजवादी कांग्रेसमा लागेको बताए । उनले धर्मनिरपेक्षता, संघीयता र गणतन्त्र कांग्रेसको सिद्धान्त विपरित एजेण्डा भएकाले र अरुको एजेण्डमा अरु कांग्रेस हिडेकाले आफु यो पार्टीमा लागेको बताए । अब नेपाली कांग्रेसबाट मुलुककाे रक्षा, समृद्धि र विकास हुन नसक्ने पनि बताए ।
समाजवादी कांग्रेस पार्टीमा किन भन्ने प्रश्नमा उनले समानता, जातिय आधारमा नभएर सबैको साझा राज्य, सनातन राज्य र संघीयताको खारेजीका समाजवादी कांग्रेसको एजेण्डसँग आफुसहमत भएकाले यो पार्टीमा लाग्नुपरेको उनले प्रष्ट पारे ।
उनले संसद विघटनको समर्थन गर्दै लोकतन्त्रमा संसद विघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई भएको पनि बताए ।
साथै कार्यक्रममा उपाध्यक्ष सिंहद्वारा लिखित ‘हामी नेपाल समाजवादी कांग्रेस किन ? नामक मुखपत्र पनि विमोचन गरिएको थियो । उनले त्यस मुखपत्रमा भाषा, धर्म, संस्कृति र सभ्यताको रक्षा र सनातन हिन्दु राज्यकाबारे अवधारणा प्रस्तुत गरिएको छ, जुन समाजवादी पार्टीको मूल्यमान्यतासँग सम्बन्धीत रहेको छ ।
४ वर्ष अगाडि
४ वर्ष अगाडि
५ वर्ष अगाडि
५ महिना अगाडि
५ महिना अगाडि
३ वर्ष अगाडि