
विराटनगर । मोरंगको विराटनगरमा एक प्रहरी जवान झुण्डिएको अवस्थामा आइतबार बिहान मृत फेला परेका छन् । विराटनगर महानगरपालिका–५ घर भएका २६ वर्षीय ती प्रहरी जवानको शव घरनजिकको भोगटेको रुखमा गाम्छाको पासो लगाएर झुण्डिएको अवस्थामा फेला पारिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले बताए ।
सुनसरीको शुक्रबारे प्रहरी चौकीमा कार्यरत ती प्रहरीलाई महिलामाथि बलात्कार प्रयास गरेको आरोप छ । सोही आरोपमा उनीविरुद्ध सुनसरी प्रहरीले जबरजस्ती करणी उद्योगको मुद्दा चलाएको थियो । अदालतबाट धरौटीमा छुटेपछि उनी विराटनगरस्थित घरमा बस्दै आएको बताइएको छ ।
पछिल्लो समय उनले डिप्रेसनको औषधि सेवन गर्दै आएको पारिवारिक स्रोतले बताएको छ । गत पुसदेखि निलम्बनमा परेका उनी मुद्दा विचाराधिन रहेकै अवस्थामा मृत भेटिएका हुन् । शवको कोसी अस्पतालमा पोस्टमार्टम गरिएको छ ।
घटनाका बारेमा थप अनुसन्धान अघि बढाइएको जानकारी डीएसपी श्रेष्ठले दिए ।
२ वर्ष अगाडि
२ वर्ष अगाडि
३ वर्ष अगाडि
१० महिना अगाडि
१० महिना अगाडि
१० महिना अगाडि